अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्दो सहरीकरण र जनसंख्या व्यवस्थापनमा समन्वय गर्न बनेको सिटिनेट नेपाल च्याप्टरको अध्यक्ष नागेश कोइराला

बढ्दो सहरीकरण र जनसंख्या व्यवस्थापनमा समन्वय गर्न बनेको सिटिनेट नेपाल च्याप्टरको अध्यक्ष नागेश कोइराला


विराटनगर – सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ ।

विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धिमूलक रहने प्रतिबद्धता लिएको छ ।

सो अवसरमा सिटिनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्न समिति बनाएर काम अगाडि बढाउने निर्णय भएको छ । अधिवेशनले सिटिनेटको नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपाध्यक्षमा बुटबल उपमहानगरपालिका प्रमुख खेलारज पाण्डे, महासचिवमा तानसेन नगरपालिकाका प्रमुख संतोषलाल श्रेष्ठ कोषाध्यक्षमा भीमदत नगरपालिकाका प्रमुख पदम बोगाटी रहेका छन् । सदस्यहरुमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य,भरतपुर महानगर प्रमुख रेणु दाहाल,वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल रहेका छन् । यसैगरी जीतपुर सिमरा उपमहानगर प्रमुख विजयराज गौतम,हेटौडा उपमहानगर प्रमुख मिना लामा रहेका छन् । ललतिपुर महानगर प्रमुख चिरीबाबु महर्जनलाई मानार्थ सदस्य तोकिएको छ । समितीमा इन्सेक नेपाल, भूकम्प प्रविधि समाज नेपाल लगायतका संस्थहरु पनि छन् ।

विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनगर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना थियो ।
 

हालसम्म यो सञ्जालले एक सय ३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनी र अनुसन्धान केन्द्र छन् । साथै स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाइको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्यापटरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको सिटिनेटको पूर्वअध्यक्ष मीनाकुमारी लामाले जानकारी दिनुभयो ।