काठमाडौँ-सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिनु भएको थियो। सोहीविरुद्ध नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च जानु भएको थियो । सोही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएका मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो ।
थापालाई पद मुक्त गर्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिकमत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ।
कार्कीलाई संविधानको १६८ को उपधारा ३ बमोजिम ४८ घण्टाभित्रमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो।
यस्तो छ सर्वोच्चको संक्षिप्त आदेशको पूर्णपाठ :
प्रतिक्रिया