विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीको सपथको तयारी भइरहेको छ।
सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई २८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारीपछि प्रदेश प्रमुखको कार्यालयले सपथको तयारी सुरु गरेको हो।
सर्वोच्च अदालतको पत्र भर्खरैमात्र विराटनगर आइपुगेकाले तयारी थालिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो।
सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।







प्रतिक्रिया