अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिचिङ अस्पतालले माग्यो ५० जना स्टाफ नर्स (सूचनासहित)

टिचिङ अस्पतालले माग्यो ५० जना स्टाफ नर्स (सूचनासहित)


काठमाडौं-काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताले ५० स्टाफ नर्स भर्ना गर्न दरखास्त आह्वान गरेको छ। 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले आज सूचना जारी गरेर शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा काम गर्नेगरी ५० स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले आजदेखि असोज ५ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

महिलाको हकमा १८ वर्ष पूरा भएर ४५सम्म र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्नेछन्। 

त्यसका लागि अनलाइनबाटै फर्म भर्न सकिने व्यवस्थासमेत गरिएको छ।