अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ


काठमाडौँ-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। 

नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउनु भएको हो।

सर्वोच्च अदालतले बिहीबार ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरी शपथ गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सर्वोच्चले बिहीबार उद्धव थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उहाँलाई मुख्यमन्त्रीबाट पदमुक्त गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। 

मुख्यमन्त्री कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गर्नु भएको छ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वोलाई खानेपानी, सिंचाइ तथा उर्जामन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्री र पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्ति गरेका हुन् ।

सिर्जना राई सामाजिक विकास राज्यमन्त्री बन्नु भएको छ । चारै जनाले सपथ ग्रहण गरिसकेका छन् ।