अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफूसँग सवाल-जवाफ गरेबापत धरानका अशोक लिम्बूलाई मेयर साम्पाङले प्रहरी लगाएर थुनाए

आफूसँग सवाल-जवाफ गरेबापत धरानका अशोक लिम्बूलाई मेयर साम्पाङले प्रहरी लगाएर थुनाए


विराटनगर-धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूसँग सवालजवाफ गर्ने युवकलाई प्रहरीको हिरासतमा पुर्‍याएका छन्।

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना अभियान सञ्चालन गरिरहेका बेला आफूसँग तर्क वितर्क गरेपछि मेयर साम्पाङले स्थानीय अशोक लिम्बूलाई प्रहरी लगाएर थुनाएका हुन्। 

उनले नगरमा डेंगीले मान्छे मरिरहेका बेला अर्कै अभियान सञ्चालन गरिरहेको भनेर मेयर साम्पाङको आलोचना गरेका थिए। त्यस क्रममा दुई जनाबीच भनाभन भएको थियो। 

मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईँ बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्।

त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरिएकाे हाे। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। 

थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् ।

उनीविरुद्ध कुनै खालको उजुरी भने नपरेको प्रहरीले जनाएको छ।