अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा आज बजेटसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी

कोशीमा आज बजेटसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी


काठमाडौँ-कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

कोशीमा जारी बजेट शून्यता अन्त्यका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गर्नुभएको हो । 

पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री  कार्कीले प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अध्यादेश जारी गर्ने निर्णय गराउनुभएको थियो ।  

कार्की शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकले आज अध्यादेश जारी गर्ने निर्णय गरेको बताइएको छ ।  

यसअघि प्रदेश प्रमुख पर्शुराम खापुङले जारी गरेको बजेटसम्बन्धी अध्यादेशको निवर्तमान मुख्यमन्त्री उद्धव थापाले प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि भदौ ११ देखि प्रदेशमा बजेट शून्यता छ ।