काठमाडौँ-सरकारले खेलकुद पत्रकार पुरस्कारका लागि आवेदन माग गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले आज एक सूचना जारी गर्दै खेलकुद पत्रकार पुरस्कारका लागि दरखास्त आह्वान गरेको हो ।
वार्षिक कार्यक्रमअनुसार पुरस्कार प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ । सूचनामा भनिएको छ, “यस मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार खेलकुद क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याउनु हुने नेपाली खेलकुद पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम रहेको छ ।” आवेदन असोज २५ गतेसम्म दिन सकिनेछ । दरखास्त www.moys. gov.np मा दिन सकिने मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया