अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेशमा विद्यार्थीहरूलाई संगठित गर्ने अभियान एमाले

मधेशमा विद्यार्थीहरूलाई संगठित गर्ने अभियान एमाले


महोत्तरी-नेकपा एमालेले मधेशमा विद्यार्थीहरूलाई संगठित गर्ने अभियान अगाडि बढाएको छ। एमाले निकट अनेरास्ववियुको संगठन विस्तार गर्ने क्रममा नगरस्तरीय संगठनहरू बनाइरहेको विद्यार्थी नेताहरुले बताउनु भयो।

३० र ३१ भदौमा मधेश प्रदेशको अधिवेशन गर्ने कार्यातालिका अनुसार ८ वटै जिल्लामा विद्यार्थी संगठनहरू बनाइरहेको अनेरास्ववियु मधेश प्रदेशका सहसंयोजक आरपी यादवले बताउनु भयो।

यसैक्रममा महोत्तरीको बर्दिबासमा पनि साेमबार नगरस्तरीय अनेरास्ववियुको प्रथम अधिवेशन सम्पन्न भएको छ। जनता बहुमुखी क्याम्पस बर्दिबासमा अध्ययनरत छात्रा सदीक्षा पोखरेलको नेतृत्वमा २१ सदस्य निर्वाचित गरिएको एमाले नगर कमिटी अध्यक्ष काहारमान स्याङ्वाले जानकारी दिनु भयो।

नगर क्षेत्रमा बेथिति शिक्षामा बेथिति  बढिरहेको हुनाले यसलाई निर्मूल बनाउन संगठित भएर लाग्ने उद्देश्यले अनेरास्ववियु नै रोजेको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताउनु भयो। उपाध्यक्षमा रोहानी महतो, सचिवमा सरोज यादव, सहसचिवमा रेजिना कटुवाल, अमन पुलामी, कोषाध्यक्षमा शिशिर पोखरेल र वाकीलाई सदस्यमा नियुक्त गरिएको नगर अध्यक्ष स्याङ्वाले जानकारी दिनु भयो।