अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटनामा सुरुंगाको प्यारागन एकाडेमी स्कूलका प्रिन्सिपल सुवेदीको निधन

मोटरसाइकल दुर्घटनामा सुरुंगाको प्यारागन एकाडेमी स्कूलका प्रिन्सिपल सुवेदीको निधन


झापा – पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाईमा भएको सवारी दुर्घटनामा सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ ।

झापा कनकाई ८ सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशा तर्फ जादै गरेको प्र१–०१–०१३ प१४१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

मो.सा. चालक कनकाई ४ बस्ने वर्ष ५४ को देबराज सुबेदी गम्भिर घाईते भई उपचारको लागी विएण्डी अस्पताल पठाईएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभएको छ । सुवेदीको शब हाल अस्पतालमै रहेको जनाइएको छ । दुबै सवारी साधन र बोलेरो चालक जिल्ला पाँचथर हिलिहाङ गा.पा. ७ बस्ने वर्ष ३७ को होमप्रसाद सेन्चुरी ईप्रका अनारमनीको नियन्त्रणमा रहेको जनाइएको छ ।