जनकपुर-जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।
उहाँ दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । १० दिनदेखि उहाँको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो।
यादव समानुपातिक सांसद हुन् ।







प्रतिक्रिया