अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोकै मूल्यमा सुनको कारोबार हुने भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार ५ रुपैयाँले मूल्य बढेपछि चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ ।