अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको निधनपछि एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित

नेम्वाङको निधनपछि एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित


हेटौँडा-नेकपा एमालेको बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको छ। पार्टीका उपाध्यक्ष, पूर्व सभामुख, संविधान सभा अध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासीत निधन भएपछि एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित गरेको हो।

आज पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक एमाले सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम स्थगित गर्न निर्देशन गरेको छ।

आउँदो असोज ८ र ९ गते हुने एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको हिजोबाट सुरु भएको प्रतिनिधि छनोट कार्यतालिका भदौ २७ सम्म रहेको थियो ।

२५ गते हिजो मनोनयन दर्ता, आज मनोनयन फिर्ता सहितको कार्यक्रम र भोलि प्रतिनिधि छनोटको कार्यक्रम तय भएपनि एमाले उपाध्यक्षको असमाहिक निधनको कारण सम्पूर्ण कार्यतालिकालाई स्थगित गरिएको एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जारी गरेको सूचनामा उल्लेख रहेको छ।