अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको गृहजिल्लामा शोक, रोङ र माङ्सेबुङ गाउँपालिकामा बिदा

नेम्वाङको गृहजिल्लामा शोक, रोङ र माङ्सेबुङ गाउँपालिकामा बिदा


काठमाडाैँ-नेकपा (एमाले)  उपाध्यक्ष, पूर्व सभामुख, संविधान सभा अध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको निधनप्रति जिल्लाबासीले शोक व्यक्त गरिरहेका छन्।

२०५६ सालदेखि निरन्तर इलामबाट चुनाव जितेर संविधानसभा अध्यक्ष, सभामुख र संसदीय समितिको सभापतिसमेत बन्नुभएका नेम्बाङको निधनले जिल्ला शोकमग्न छ।

नेकपा (एमाले) जिल्ला कमिटीले बिहानै पार्टी कार्यालयमा शोकसभा आयोजना गरेको छ। शोकसभामा जिल्लास्थित पार्टी नेता–कार्यकर्ता र अन्यले उहाँको तस्बिरमा माल्यार्पण गरेका छन् ।

संविधानसभा अध्यक्ष र इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङको निधनमा शोक व्यक्त गर्दै जिल्लाको रोङ गाउँपालिकाले आज एक दिनका लागि शोकबिदासमेत दिएको छ। गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले विज्ञप्ति जारी गरी शोकबिदा घोषणा गर्नुभएकाे हाे।

माङ्सेबुङ गाउँपालिकाले पनि आजका लागि पालिकाभर शोक बिदा दिएको अध्यक्ष हेमन्त राईले जानकारी दिनुभएकाे छ।   

जिल्लाका राजीतिक अभिभावकसमेत रहनुभएका नेम्बाङको निधनमा एमालेमात्र नभइ सबै दल र क्षेत्रका व्यक्तिले शोक व्यक्त गरेका छन्। नेम्बाङको निधनले जिल्लालाई पनि अपुरणीय क्षति पुगेको उनीहरूको प्रतिक्रिया छ।  

देउमाई नगरपालिकाले पनि नेम्बाङको निधनमा शोक व्यक्त गरेको छ । मेयर तथा एमाले नेता सूर्य पोख्रेलले नेम्बाङ जिल्लाबासी र देशबासीका अभिभावक, आस्था, त्याग र समर्पणका धरोहर भएको उल्लेख गर्नुभएकाे छ।