अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगञ्जको बाल सुधार गृह रातभर तनावग्रस्त

वीरगञ्जको बाल सुधार गृह रातभर तनावग्रस्त


वीरगञ्ज-पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा गएराती रातभर तनावग्रस्त भएको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेपछि तनाव भएको हो ।

गएराति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो ।  उनीहरुबीच तनाव बढेपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

आज बिहान स्थिति सामान्य भए पनि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन ।