धरान-धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड र आक्रमण घटनाले नयाँ मोड लिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उपमेयर आइन्द्रविक्रम बेघाका भाइ विष्णु वेघालाई पनि घाइते अवस्थामै पक्राउ गरेको छ ।
घाइते दुईसहित घटनामा संलग्न ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आक्रमणमा परी घाइते भएका उपमेयर बेघाका कान्छा भाइ विष्णु बेघा र विपक्षी समूहका घाइते युवा सन्देश राई पनि पक्राउ परेका हुन् ।
उनीहरु दुवै घाइते अवस्थामा छन्। दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
बेघाको भाइ विष्णुको टाउको र अनुहारमा चोट लागेको छ । बेघाको विपक्षी समूहका सन्देश राईलाई भने बढी चोट लागेको प्रहरीले जनाएको छ ।
हिजो धरानमा ग्याङ फाइट भएको थियो । त्यसमा उपमेयर वेघाका भाइ विष्णुको समूह र अर्कोतिर सन्देश राईको समूहबीच झडप भएको प्रहरीले जनाएको छ । दुवै पक्षकालाई खोजी गरेर पक्राउ गरेको प्रहरीको भनाई छ ।
बेघाको समूहले पहिले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको र त्यसको प्रतिकारका लागि सन्देशको समूहले उपमेयर वेघाकै घरमा पुगेर उनको भाइ विष्णुलाई कुटेको प्रहरीले बताएको छ ।







प्रतिक्रिया