अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ७ जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ७ जना घाइते


रामेछाप–रामेछापको सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

यात्रुवाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा  सडकमै पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

बसमा ७० यात्रु रहेको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिनु भयो।

दुर्घटनामा रामेछाप सुनपाती गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ घाइते हुनु भएको छ । त्यस्तै सुनपाती गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा घाइते हुनु भएको हो।

दुर्घटनामा गाउँपालिका–२ बस्ने वर्ष ६५ कि साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालख विस्वास बिसंखे घाइते भएका छन्।