अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको शवयात्रा सवा १० बजे सुरु हुने,अध्यक्ष ओली धुम्बाराहीबाट सहभागी हुने

नेम्वाङको शवयात्रा सवा १० बजे सुरु हुने,अध्यक्ष ओली धुम्बाराहीबाट सहभागी हुने


काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शव यात्रामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धुम्बाराहीबाट सहभागी हुनु हुने भएको छ ।
नेम्वाङको शवलाई बालुवाटार स्थित निवासबाट विहान सवा १० बजे प्रस्थान गराइने एमाले केन्द्रीय सदस्य गोविन्द थापाले जानकारी दिनुभयो । अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार धुम्बाराही स्थित एमालेको पुरानो पार्टी कार्यालय भएको क्षेत्रबाट पशुपति आर्यघाटसम्म अध्यक्ष ओली शबयात्रामा सहभागी हुनुहुनेछ । नेम्वाङको चितामा अध्यक्ष ओलीले पार्टीको झण्डा ओडाएर अन्त्येष्टी गनेए तयारी छ ।
नेम्वाङको शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुयाइनेछ । नेम्वाङको शवलाई आर्यघाटमा जलाइने स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो । आर्याघाटमा नेम्वाङको चिता तयार भइसकेको छ ।