अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि

पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि


काठमाडौँ–संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । 

त्यसअघि नेम्वाङको शवयात्रा गरिएको थियो । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।

संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।   

गत मंगलबार निधन हुनुभएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।  उहाँको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।