अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौंडामा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ

हेटौंडामा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ


मकवानपुर-हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्‍न ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो।

चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि बिरामी हेरिरहेकै समयमा सांघातिक आक्रमण भएको थियो।

एक महिनाअघि डेंगी सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।