अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको फोटो राखेर एमाले संसदीय दलको बैठक

नेम्वाङको फोटो राखेर एमाले संसदीय दलको बैठक

शोक प्रस्ताव पारित गर्ने कार्यसूची


काठमाडौं-नेकपा एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न संसदीय दलको बैठक बसेको छ।

पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न नेकपा एमाले संसदीय दलको बैठक बसेको हो। ​

बिहीवार अपरान्ह संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसेको हो । उक्त बैठकमा नेम्वाङको आशन खाली राखेर दलका नेता केपी शर्मा ओली बस्नु भएको थियो । दलको बैठकमा ओली र नेम्वाङ एकै ठाउँ बस्ने गरेका थिए। तर बिहीबार बसेको दलको बैठकमा उहाँको आशन खाली राखेर ओली एकातर्फ बसेर सांसदहरुलाई सम्बोधन गर्नु भयो ।

आफ्नो दायाँतर्फ नेम्वाङ बस्ने सोफाको स्थान खाली राखेर ओलीले उहाँलाई सम्झिँदै सम्बोधन गर्नु भएको थियो।

उक्त बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको नेता सूर्य थापाले जानकारी दिनु भयो ।

नेम्वाङको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।