अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु


दैलेख-दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीय भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिनुभयो । चट्याङ लागेर  १६ जना घाइते भएका छन् ।