अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दलित, भूमिहीन सुकुम्वासीलाई जग्गाका लागि निवेदन दिन आयोगको आग्रह

दलित, भूमिहीन सुकुम्वासीलाई जग्गाका लागि निवेदन दिन आयोगको आग्रह


काठमाडौँ–राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने भएको छ । आयोगले आज सूचना जारी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको हो ।

यसका लागि ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले  निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।  

“स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ,” आयोगको सूचनामा भनिएको छ, “आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नुपर्नेछ ।” 

आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।