अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको बाल दिवसमा शुभकामना– हरेकलाई भविष्य प्यारो लाग्ने भएर मलाई बालबालिका प्यारा लाग्छन् 

अध्यक्ष ओलीको बाल दिवसमा शुभकामना– हरेकलाई भविष्य प्यारो लाग्ने भएर मलाई बालबालिका प्यारा लाग्छन् 


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाल दिवसको अवसरमा शुभकामना दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बाल दिवसको अवसरमा शुभकामना दिनुभएको हो । 

शुभकामना दिँदै उहाँले हरेकलाई भविष्य प्यारो लाग्ने भएर आफूलाई बालबालिका प्यारा लाग्ने गरेको बताउनुभएको छ । 

‘म कहिलेकाहीँ सोच्छु–म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् ! अन्तिममा म आफैँ बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु । म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ। यिनीहरूसँग लामो समय छ’, अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ–मलाई बालबालिका प्यारा लाग्छन् । आज बाल दिवस–सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना !’

आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।