अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीले न्युयोर्क भ्रमणबारे जानकारी गराउने 

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीले न्युयोर्क भ्रमणबारे जानकारी गराउने 


काठमाडौँ–आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार न्युयोर्क जाँदै हुनुहुन्छ ।

त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।