काठमाडौँ–स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गाउँमा जानुपर्दा आत्महत्या गर्छु भन्ने डाक्टरलाई डोरी दिन निर्देशन दिएका छन् ।
आज राष्ट्रिय जनसंख्या सम्मेलनमा बोल्दै उहाँले यस्ता बताउनुभएको हो ।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा चिकित्सकको उचित व्यवस्थापन हुने बताउनुभयो । राज्यको पैसाले पढ्ने तर गाउँमा सेवा गर्न नजाने डाक्टरलाई कारबाही हुने उहाँले बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, नेताहरू सरुवाको सिफारिस गर्न आउनुहुन्छ । मैले उहाँहरूलाई भन्ने गरेको छु, डाक्टर सरुवा गरिदिउँला तर तपाईँको गाउँमा डाक्टर पठाउन सकिँदैन ।
मन्त्री बस्नेतले डाक्टरको सुगममा सरुवा रोज्नुहुन्छ कि गाउँमा डाक्टर भनेपछि नेताहरू दबाब दिन नआउने गरेको बताउनुभयो ।
प्रतिक्रिया