अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाग्मती प्रदेशसभाको बैठक भोलि बस्ने

बाग्मती प्रदेशसभाको बैठक भोलि बस्ने


काठमाडौं-बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ।

आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ बजे बस्नेगरी सारिएको हो।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची छ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगित गरिएको थियो।