अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान सभाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर गण्डकीको संसद स्थगित

संविधान सभाध्यक्ष नेम्वाङप्रति शोक प्रस्ताव पारित गरेर गण्डकीको संसद स्थगित


पोखरा-दिवंगत संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ । यसअघि गत २७ गते बोलाइएको सभाको बैठक नेम्वाङको निधनपछि आजसम्मका लागि स्थगित गरिएको थियो।

नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै भोलभोेलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्ण धितालले जानकारी दिए । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता नेम्वाङको निधनले सिंगो मुलुक नै स्तब्ध बनेको शोक प्रस्तावमा उल्लेख छ।

‘नेपालको वर्तमान संसदद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो,’ प्रस्तावमा उल्लेख छ। २०४८ र २०५२ सालममा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ सालको पुनस्थापित प्रतिनिधिसभा तथा व्यवस्थापिका संसद सदस्य भएका थिए भने २०६४ साल यताका ४ वटा निर्वाचनमा इलामबाट विजयी हुँदै निरन्तर संसदमा थिए।

२०६४ र २०७० सालमा संविधान सभा अध्यक्ष र पुनस्र्थापित प्रतिनिधि सभा व्यवस्थापिका संसद अवधिभर व्यवस्थापिका संसदको सभामुखमा निर्वाचित हुनु भएकाे थियो। कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासनमन्त्रीसमेत भएका नेम्वाङ २०५६ सालमा प्रतिनिधि सभाको सार्वजनिक समिति सभापति थिए। अहिलेको संसद र राजनीतिमा समन्वयकारी भूमिका खेलेका नेम्वाङबाट संघदेखि प्रदेशसम्मका सबैले प्ररेणा लिर्नुपर्ने सांसदहरुले बताएका छन्।