अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनियन्त्रित बसाँइसराइले विकासको मोडल नै बदल्नु पर्ने अवस्था आयो : मन्त्री बस्नेत

अनियन्त्रित बसाँइसराइले विकासको मोडल नै बदल्नु पर्ने अवस्था आयो : मन्त्री बस्नेत


काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले असन्तुलित बसाँइसराइले विकासको ढाँचा नै बदल्नुपर्ने स्थिती आएको बताउनुभएको छ । उहाँले मनिसहरु एकातिर विकास अर्कातिरको अवस्थाले देशमा अनेक समस्या सृजना गरेको उल्लेख गर्नुभएको छ ।
जनसंख्या र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन ः विकासका लागि जनसंख्या नीति र आइसिपिडी ३० को लक्ष्य हासिल गर्न आगामी बाटो विषयक कार्यक्रमको उद्घाटनका क्रममा मन्त्री बस्नेतले अवसरका लागि मानिसहरुको बसाँइसराइ तिव्र बेगमा हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । मन्त्री बस्नेतले जनसंख्याको अहिलेको अवस्थाले गाउँ रित्तिने र सहर भरिने अवस्था आएको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रका जनतालाई लक्षित गरेर बनाइएका स्वास्थ्य संरचनामा सेवा लिने मानिस नहुनु र नयाँ ठाउँम मानिसहरु थुप्रिदा राज्यलाई सेवा प्रवाहमा पनि समस्या परेको बस्नेतको भनाइ छ ।
मानिसको गतिशिलतालाई रोक्न नसकिने र बसिरहेकै ठाउँमा मानिसका आवश्यकता पुरा गरिदिएर हिमाल र पहाडलाई पनि गुल्जार बनाउनु पर्ने उहाँको भनाइ छ । अहिलेको अनियन्त्रित बसाँइसराइ रोक्न तीन्ै तहका सरकार लाग्नु पर्ने मन्त्री बस्नेतको धारणा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनसंख्या र विकासका लागि संयुक्त राष्ट्र संघीय कार्यक्रम (यूनएफपिए)को संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न ६ वटा कार्यपत्र समेत प्रष्तुत गरिएको यूएनएफपिएले प्रेस विज्ञप्ती जारी गरेर जनाएको छ ।