अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैह्री गाउँमा हत्या भएका चारै जनाको शव परीक्षणका लागि शिक्षण अस्पतालत लगियो

गैह्री गाउँमा हत्या भएका चारै जनाको शव परीक्षणका लागि शिक्षण अस्पतालत लगियो


काठमाडौं – काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा हत्या भएका चारजनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको जनाएको छ । दिव्य सः मिलभित्र गएराति खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा चारजनाको शव फेला परेको थियो ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा वर्ष ७५ की शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका १९ वर्षका नवीन राई रहेको हत्या भएको थियो ।

धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।