अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश अधिवेशनका लागि एमालेले कर्णालीमा आज प्रतिनिधी चयन गर्दै,को होलान् अध्यक्ष ?

प्रदेश अधिवेशनका लागि एमालेले कर्णालीमा आज प्रतिनिधी चयन गर्दै,को होलान् अध्यक्ष ?


सुर्खेत – नेकपा एमाले कर्णालीले आज प्रदेश प्रतिनिधीहरुको छनौट गर्दैछ । सल्यान बाहेकका नौ वटा जिल्लामा आज एकै दिन प्रतिनिधी छनौट गरिन लागेको हो । सल्यानमा भने प्रतिनिधी भोली छनौट गरिने भएको छ । असोज १० र ११ गते कर्णालीमा पार्टी प्रदेश अधिवेशन हुँदैछ ।
प्रतिनिधी पालिका स्तरबाट छनौट गरिने पार्टीले जारी गरेको सर्कुलरमा उल्लेख छ । प्रदेश सदस्यले पनि पालिका तहबाटै प्रतिनिधी चुनिएर आउनुपर्ने व्यवस्था गरिएका कारण यस पटकको प्रतिनिधी छनौट रोचक हुने देखिएको छ । कर्णालीका ७९ वटा पालिकाबाट ६०४ जना प्रतिनिधी छनौट हुने र जनवर्गीय संगठनहरुबाट ५० जना गरी जम्मा ६सय ४ जना प्रतिनिधी अधिवेशनमा सहभागी हुने प्रदेश अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।
संघीय संसदमा कर्णाली प्रदेशबाट एउटा पनि सिट जित्न नसकेको एमालेको प्रदेश कमिटीलाई पार्टीलाई बलियो बनाउनु पर्ने चुनौति छ । पार्टी केन्द्रले जनप्रतिनिधीहरुलाई कार्यकारी भूमिका( अध्यक्ष र सचिव)मा उम्मेद्वार बन्न रोक लगाएका कारण नेतृत्वमा नयाँ अनुहार आउने देखिन्छ । हालका अध्यक्ष विनोद शाह र सचिव टेकराज पछाई प्रदेशसभा सदस्य भएकोले उनीहरुले उम्मेद्वार बन्न पाउने छैनन् । यस अघि अध्यक्षका उम्मेद्वार बन्ने भनेर चर्चा गरिएका अधिकांस केन्द्रीय र पोलिटव्यूरो सदस्यहरु व्याक भएको कर्णालीका एक एमाले नेताले जनाएका छन् । दाबी गरेका मध्ये कतिपयलाई प्रतिनिधीमा निर्वाचित हुन नै सकस पर्ने,कतिपयले लुम्बिनीको नतिजापछि केन्द्रबाट प्रदेशतिर झर्न मनस्थिती बदलेको नेताहरु बताउछन् ।
कर्णालीमा एमाले हाँक्नका लागि मीनबहादुर शाही र ध्रुव शाही बीच प्रतिष्पर्धाको वातावरण तयार हुँदै गएको नेताहरुको भनाइ छ ।