अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ, इमानका साथ काम गर्छु: अध्यक्ष ओली

म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ, इमानका साथ काम गर्छु: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाको अनुहारमा देशको सुन्दर भविष्य देख्ने गरेको बताउनु भएको छ। 

शनिबार काठमाडौंमा आयोजित ‘बा सँग विद्यार्थी’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले बालबालिकाहरूको अनुहारमा देश बनाउन सक्ने आत्मविश्वास देखेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘तपाईँहरूको अनुहारमा आशावादीता देख्छु र आत्मविश्वासयुक्त चेहराले मलाई हाम्रा पुर्खाले मेहनतेले बनाएको, मेहनतेले बचाएको यो देश सुन्दर बन्ने छ भन्ने विश्वास हुन्छ ।’

आफूले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको ओलीले बताउनुभयो । ‘अब्बल राजनीतिज्ञ अब तपाईँहरूबाट जन्मिनु पर्छ, नयाँ पिँढीबाट जन्मनु पर्छ’, उहाँले भन्नुभयो । 

आफ्ना केही असफलता भएका ओलीले बताउनुभयो । आफूले नेपाल विरुद्धका केही षडयन्त्रलाई पराजित गर्न सफल भई नसकेको ओलीले बताउनुभयो । त्यसलाई नयाँ पुस्ताका नेताले पराजित गर्न सक्नु पर्ने ओलीले बताउनुभयो। नयाँ पुस्ताले भूगोलको रक्षा र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउने अपेक्षा आफूले गरेको उहाँले बताउनुभयो । 

आफूले राष्ट्रको अहित हुने कुनै पनि काम नगर्ने ओलीले बताउनुभयो । राष्ट्रको सम्पत्तिलाई छल, कपट गरेर आफूले दुरुपयोग नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अब्बल राजनीतिज्ञ त भन्न सक्दिन आफूलाई, यत्ति चाहिँ हो म इमानका साथ काम गर्छु’, उहाँले भन्नुभयो। 

राष्ट्रको सम्पत्ति कुनै पनि हिसाबले, छल कपटले आफूले आफ्नो नबनाउने उहाँले बताउनु भयो। राष्ट्रको लागि इमानदार भएर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘म जे गर्छु इमानदारीताका साथ गर्छु’, उहाँले भन्नुभयो ।