अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाल्यकाल र जेलजीवन सम्झिदै बालबालिकासँग अध्यक्ष ओलीले भन्नुभयो: मेरो जस्तो कष्टपूर्ण जीवन कसैको नहोस्

बाल्यकाल र जेलजीवन सम्झिदै बालबालिकासँग अध्यक्ष ओलीले भन्नुभयो: मेरो जस्तो कष्टपूर्ण जीवन कसैको नहोस्


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जीवनका साह्रै दुःख सास्ती खेपेको बताउनु भएको छ। 

शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले जस्तो हण्डर र ठक्कर जीवनमा कसैले नपाओस् भन्ने कामना गर्नुभयो । आफू तीन वर्षको हुँदै आमा बित्नु भएको बताउँदै हजुरआमाले आफूलाई हुर्काउनु भएको अध्यक्ष ओलीले बालबालिकालाई सुनाउनुभयो । हजुरआमाले गर्ने सबै काम आफूले सिकोको ओलीले बताउनुभयो। 

कार्यक्रममा सहभागी बालबालिकाले एमाले अध्यक्ष केपी ओलीलाई प्रश्न साेधे– ‘तपाई आफूलाई कति अब्ब राजनीतिज्ञ मान्नु हुन्छ ? तपाईको देशभक्तिजस्तै सफलताको कुरा के हो ?’

बालबालिको प्रश्नको जवाफमा ओलीले आम राजनीतिज्ञभन्दा फरक शैलीमा आफू अब्बल राजनीतिज्ञ नभएको भन्दै आफ्ना केही असफलता सुनाउनु भयो । नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न नसक्नु अहिलेसम्म पनि आफ्नो असफलता रहेको ओलीले सुनाउनु भयो । ओलीले अब्बल राजनीतिज्ञ नेपाली राजनीतिमा अहिले नरहेको भन्दै त्यस्तो व्यक्ति अब बालबालिकाबाट निस्किनुपर्ने बताउनु भयो ।

राजनीतिमा लाग्दा जेलमा आफूले धेरै कष्ट खेपेको उहाँले बताउनुभयो । ‘तपाईँहरू कसैको पनि मेरोजस्तै कष्टपूर्ण जीवन हुँदै नहोस् म शुभकामना भन्न चाहन्छु, मैले जिन्दगीमा भूमिगत हुँदा धेरै दुःख पाएको छु , गिरफ्तार भएपछि चरम यातना भोगेको छु’, ओलीले भन्नुभयो । 

आफूले १४ वर्ष जेल बस्दा धेरै कष्ट भोगेको अध्यक्ष ओलीले सुनाउनुभयो । आफूले हतकडी र नेलकडी भोगेको, नेलकडी लगाउँदा गोडामा घाउ भएर भतभती पोलेको, खान नपाएको, कुटाई नै कुटाइ खाएको कुरा ओलीले बालबालिकालाई सुनाउनुभयो । १४ वर्षको बसाइमा आफू २५ पटक जेल चलान भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले हातमा हतकडी लगाएको छु, गोडामा नेलकडी लगाएको छु।’ 

मान्छेले सहनै नसक्ने खालका यातना आफूले भोगेको ओलीले बताउनु भयो । एउटै कपडा लगाएर पाँच महिनासम्म जेलमा बसेको पीडा ओलीले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छेले सहनै नसक्ने खालका कष्टहरू मैले सहेको छु।’ 

आफूलाई प्रतिक्रियावादीले जेलमा राखेर सडाउन खोजेका भए पनि जनताले आफूलाई छुटाएका ओलीले बताउनुभयो । नेपाली जनताले आफूलाई तिर्नै नसक्ने ऋण बोकाएको ओलीले प्रष्ट पार्नुभयो । त्यो ऋण आफूले तिर्ने प्रयत्न गरेको भए पनि कति गर्दा पनि तिर्न नसक्ने उहाँले बताउनुभयो ।