अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

गोहीको आक्रमणबाट एक जनाको मृत्यु


भरतपुर–चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । 

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

उहाँले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताउनुभयो ।