अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीज व्रत : महिलाहरुको आज दर खाने दिन

तीज व्रत : महिलाहरुको आज दर खाने दिन


काठमाडौँ–तीज व्रतको तयारीस्वरूप महिलाहरुले आज दर खाने छन् । 

भाद्र शुक्ल द्वितीयाका दिन निर्जल र निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ ।

दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।

दरमा विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ।