अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैह्रीगाउँ हत्याकाण्ड: एकै व्यक्तिले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष

गैह्रीगाउँ हत्याकाण्ड: एकै व्यक्तिले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष


काठमाडौं-काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ। आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो।

घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । उनले नै चारैजनाको हत्या गरेको देखिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।

उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो। घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो।

तर उनको संलग्नता नखुलेको प्रहरीको भनाई छ। उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका थिए।