अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले कम्युनिष्ट दबाएर राजासँग गर्दन जोड्दा जनताले दुःख पाए

कांग्रेसले कम्युनिष्ट दबाएर राजासँग गर्दन जोड्दा जनताले दुःख पाए


आज नेपाल राष्ट्र र नेपाली जनताका लागि आफ्नो सम्पूर्ण जीवन आहुती गर्ने दुईजना अत्यन्तै आदरणीय र विशिष्ट व्यक्तित्को स्मृति दिवस। एक तुल्सीलाल अमात्य। जो उहिलेदेखि खासगरेर उहाँको राजनीतिक आन्दोलन गान्धीवादी आन्दोलन, चर्खा आन्दोलन, तुल्सीमेयरबाट प्रभावित जस्ता कुराहरुबाट सुरु भएको देखिन्छ। ब्रिटिस विरोधी, उपनिवेशवाद विरोधी र ब्रिटिस भगाउ वा भारत छोड आन्दोलन त्यसदेखिको राजनीति देखिन्छ। उहाँले अर्थशास्त्रमा लखनउबाट एमए पास गर्नुभन्दा अगाडि नै उहाँ ८ महिना ब्रिटिसहरु भारत छोड भन्ने आन्दोलनमा भारतमै जेलजीवन बिताइसक्नु भएको थियो। त्यसपछि नेपाल आउनु भयो र संघर्ष गर्दैगर्दै उहाँ बित्नु भयो। आज २६औं स्मृति दिवस हामी मनाइरहेका छौं। उहाँप्रति म हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु, मेरो आफ्नो तर्फबाट, सिंगै एमालेको तर्फबाट र देशभक्त र प्रगतिवादी आन्दोलनको तर्फबाट।

त्यसै गरेर भीमदत्त पन्तलाई २०१० साल साउन १७ गते आजकै दिन ७० वर्ष अगाडि डोटीमा आन्दोलनको क्रमको किसानहरुका लागि, किसान हकअधिकारका लागि आन्दोलन गर्दा उहाँलाई नेपाली कांग्रेसको सरकारले शत्रु घोषणा गर्‍यो। आफैंले गिरफ्तार गर्न नसकेर भारतीय फौज ल्याएर डोटीको अलिक दक्षिणी भाग पर्छ, डडेल्धुरा र डोटीको सीमा क्षेत्रबाट गिरफ्तार गर्‍यो। उहाँको गोली हानेर हत्या गर्‍यो। उहाँको टाउको काँटेर बासमा झुण्डाएर प्रर्दशन गर्‍यो। उहाँको पनि ७० वर्ष पूरा भएर ७१ औं स्मृति दिवस भन्नुपर्छ। उहाँलाई हामीले २०७२ साल फागुन १९ गतेको मन्त्रिपरिषद्को बैठकबाट पहिलो पल्ट शहीद घोषणा ग¥यौं । हाम्रो नेतृत्वमा सरकार भएका बेला हामीले शहीद घोषणा ग¥यौं । त्यस अगाडि दक्षिणपन्थी सरकार बने वा वामपन्थी बन्दा पनि विभिन्न कारणले ध्यान पुग्न सकेको थिएन। आज यस ७१औं स्मृति दिवस शहीद भीमदत्त पन्त, जसले देशका लागि जीवन दिनु भएको थियो। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।

तुलसीलाल र भीमदत्तहरुले सुरु गरेको आन्दोलन मौलिक
यस सन्दर्भमा तूल्सीलाल अमात्यजी वा भीमदत्त पन्तजी, उहाँहरु समकालीन समकालीन व्यक्ति हुनुहुन्छ । दुवै किसान आन्दोलनसँग सम्बन्धित हुनुहुन्छ। दुवैको मुख्य योगदान भन्ने हो भने किसान आन्दोलन, किसान संगठन, किसानको माग, किसानको जीवनमा परिवर्तन ल्याउने उद्देश्यसँग थियो । किसानका हक अधिकार प्राप्तिसँग बढी केन्द्रीत रह्यो । विचार र काम दुवै हिसाबले किसानसँग बढी सम्बन्धित रह्यो । अर्थात्, उसै बेला आन्दोलन गरिरहेका एक जनाको हामी २६औं स्मृति दिवस मनाइरहेका छौं, एक जनाको ७१औं स्मृति दिवस मनाइरहेका छौं। एउटा विभिन्न अप्ठ्याराहरुसँग जुध्दै बाँचेर संघर्ष गर्ने मौका पाउनु भयो, एउटाले बाँच्ने मौका पनि पाउनु भएन र २०१० साल साउन १७ गते मारिनु भयो । तुल्सीलाल अमात्यलाई, पुष्पलाललाई अथवा त्योभन्दा अगाडि लालकम्युनिष्ट पार्टी स्थापना गर्ने गंगालाल श्रेष्ठलाई बुझ्दा वा उहाँको बारेमा सम्झिदा अथवा २००२ सालमा बामपन्थी संगठन गठन गर्ने गोपालप्रसाद रिमालहरुलाई स्मरण गर्दा अथवा १९९७ सालको आन्दोलन नराम्ररी धक्का खाएपछि चार जना मारिएपछि सयौं जेलमा परेपछि, कोही जेलमै यातना पाएर मरिरहेको स्थितिमा १९९८ सालमा नेपाल प्रजातान्त्रिक संघ स्थापन गर्ने पुष्पलाल, त्यसभन्दा अगाडि टंकप्रसाद आचार्य, रामहरि शर्मा लगायतका साथीहरु वा त्यसभन्दा अगाडिका अरु आन्दोलन पनि । त्यस आन्दोलनमा स्थापनापछि कोही जोडिदै जानु भएका गणेशमान सिंह, शहीद गंगालाल श्रेष्ठ यी साथीहरु, यी शहीदहरु, यी जिउदा शहीदहरु हाम्रा आर्दश हुन् ।

उहाँहरुलाई सम्झिदा हामीले के बुझ्न जरुरी छ भने नेपालको परिवर्तनको आन्दोलन मौलिक ढंगले, नेपाली पारामा, नेपाली पनमा, नेपाली आवश्यकता, नेपाली चिन्तन परम्परामा सुरु भयो । टंकप्रसाद आचार्यहरुले सुरु गरेको होस् वा त्योभन्दा अगाडि योगमायाहरुले सुरु गरेको होस् अथवा लाइब्रेरी पर्व होउन् वा मकैको खेती पर्व होउन् । यी सबै नेपालीपन, नेपालको आवश्यकता त्यस कुराको आधारमा स्थापना हुँदै गए । ती अन्त कतैबाट तार जोडेर ल्याएका बिजुली थिएनन् । आफ्नै ढुंगा माटो, आफ्नै पानी त्यहीबाट निस्किएका ती बिजुलीहरु थिए, जो बलेका थिए । मैले अघि नाम लिएका चाहे योगमायाको कुरा होस् वा कृष्णलाल अधिकारीको कुरा होस् वा अनेकको कुरा गरौं । यो सबै नेपाली माटोको मौलिकता थियो । १९९३ सालमा प्रजापरिषद्को स्थापना नेपाली माटोको भूमिका थियो । त्यसै भएर त्यसमा परिवर्तन चाहने मान्छेहरु संगठित हुँदै गए र १९९५ सालमा गणेशमान, गंगालालहरु समेत प्रवेश गरे । यो यति मौलिक खालको थियो, १९९४ सालमा मानवअधिकार संगठनको स्थापना गरेको थियो । १९९५ सालमा नेपालमा पहिलो मानवअधिकारसम्बन्धी वक्तव्य गंगालालले दिनु भएको थियो । पहिलो राजनीतिक खुला वक्तव्य राणा शासनको अन्त्य हुनुपर्दछ, जनतामा अधिकार जानु पर्दछ, जनताको शासन हुनुपर्दछ भन्ने कुरा गंगालाल श्रेष्ठले इन्द्रचोकमा १९९७ साल मंसीर १३ गते बोल्नु भएको थियो । त्यहाँ बोलेर उहाँ भूमिगत हुनुभयो र त्यसपछि गिरफ्तार भएर उहाँ मारिनु भयो । त्यसपछि १९९७ सालमा भयानक दमनचक्र त्यसपछि चल्यो ।

जब गणेशमान अखिल भारतीय राष्ट्रिय नेपाली कांग्रेसको सम्मेलनमा पुगे….
एउटा कुरामा के भ्रम राख्नु हुन्न भने पछि कांग्रेसबाट साथीहरु आउनु भएको छ । तर पुष्पलाल, तुल्सीलाल आउनु भएको अहिलेको कांग्रेसबाट होइन, अहिलेको जस्तो कांग्रेसबाट होइन, त्यस बेलाको प्रजापरिषद् जस्तै गरेर प्रजापरिषद् दमन भएपछि । नेपाल प्रजातान्त्रिक संघ भनेर पुष्पलालले १९९८ सालमा स्थापना गर्नु भएको थियो । त्यो चल्न सकेन आफ्नो ठाउँमा छ । गोपालप्रसाद रिमालहरुले स्थापना गर्नु भएको, त्यो चल्न सकेन आफ्नो ठाउँमा छ। तर, त्यो राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा शोषित वर्गको मुक्तिका लागि, अन्याय परेका वर्गको असमानता अन्त्य गर्नका लागि सञ्चालन गरिएको, समानताका लागि सञ्चालन गरिएको आन्दोलन थियो । त्यसैकारण, त्यसै आन्दोलनमा पुष्पलाल, गणेशमान हुनुुहुन्थ्यो । गणेशमान कांग्रेस होइन, तर त्यो संयुक्त आन्दोलन, त्यो त राणा विरोधी राष्ट्रिय संयुक्त आन्दोलन थियो । त्यसरी भन्ने ठानियो र साथीहरु त्यहाँ हुनुहुन्थ्यो । कांग्रेस भएर आजको कांग्रेसको विचारधारा वा २००५ सालको कांग्रेसको विचारधारा लिएर उहाँहरु त मान्नु भएन । जब त्यहाँ विचारधाराको प्रश्न उठ्यो, सिद्धान्तको, दर्शनको प्रश्न उठ्यो, नीतिको प्रश्न उठ्यो, उहाँहरु अलग हुनुभयो । पुष्पलालले कांग्रेसले जुन नीति लियो, यो नीतिसँग सहमत हुन सकिँदैन भन्नुभयो । यो नीति जनपक्षीय होइन, यो नीति परिवर्तनकारी होइन, यो नीति राष्ट्रिय नीति होइन । त्यसैकारण यसै नीतिमा सहमत भएर अगाडि बढ्न सकिँदैन भनेर उहाँहरु त्यसबाट अलग हुनु भयो । यो राष्ट्रिय आन्दोलनको धार जो १९९३ सालमा प्रजापरिषद्बाट सुरु भयो । अघि मैले केही श्रृंखलाहरु भनें, त्यो हुँदै अगाडि बढ्यो । यसमा २००३ सालमा अर्को धार आइलाग्यो । जब अखिल भारतीय राष्ट्रिय नेपाली कांग्रेसको गठन भयो । अखिल भारतीय राष्ट्रिय नेपाली कांग्रेस गठन भएपछि स्वतन्त्र राष्ट्रिय धार, राष्ट्रिय शक्ति र राष्ट्रिय आन्दोलनको जुन धार थियो, त्यो धारलाई चुनौती दिने, त्यसलाई पछाडि पार्ने प्रायोजित अर्को धार २००३ सालमा स्थापना भयो । १९९७ सालमा जेल हालिएका गणेशमानजी, पुष्पलालहरु जेल फोडेर जानुभयो । २००४ सालको सम्मेलनमा अखिल भारतीय राष्ट्रिय नेपाली कांग्रेसको सम्मेलनमा उहाँहरु पनि पुग्नु भयो । कांग्रेसको सम्मेलन गर्ने भन्ने सुनेर गणेशमानजी जानु भयो, अरु साथीहरु पनि जानुभयो । तर, त्यहाँ बोर्ड हेरेको अखिल भारतीय राष्ट्रिय नेपाली कांग्रेस छ । के हो यो अखिल भारतीय ? यो भनेर गणेशमानजी त्यहाँ पड्किनु भयो, अरु साथीहरु पड्किनु भयो । यो ब्यानर तुरुन्त हटाउ, अर्को ब्यानर बनाउ भनेपछि अखिल भारतीय भन्ने शब्द हटाएर राष्ट्रिय नेपाली कांग्रेस बनाइएपछि गणेशमानजीहरु, पुष्पलालजीहरु सन्तोष के गर्नु भयो भने साइन बोर्ड मात्रै हटेको थियो, विचार हटेको थिएन । तर साइन बोर्ड हटाएपछि उहाँहरुलाई सन्तोष भयो, हामीले भनेको त माने अब सप्रिन्छ भन्ने उहाँहरुले ठान्नु भयो । २००३ सालमा गठन हुँदा जेलमा रहेका टंकप्रसाद आचार्यलाई लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनको गुरु, संस्थापक त टंकप्रसाद आचार्य हो । उहाँलाई बनाउनु पर्छ भनेर मानार्थ वा अध्यक्ष टंकप्रसादलाई र वीपी कोइराला कार्यकारी भएर चलाउनेगरी अध्यक्ष टंकप्रसाद आचार्यलाई बनाइयो । यो चाल संगठन स्थापना गर्दा चल्छ चल्दैन भन्ने अवस्थामा संगठन बनाउनका लागि टंकप्रसाद जेलमा भएका मान्छेलाई पनि अध्यक्ष बनाएर सुरु गरियो । नाम राखियो टंकप्रसादको नीति, उद्देश्य, भावना, विचार सबै कुरासँग विपरीत अखिल भारतीय राष्ट्रिय नेपाली कांग्रेस । त्यस्तो संस्था बनाइयो, जसलाई प्रजापरिषद्को आन्दोलनबाट गएका गणेशमानजीले ठाडै अस्वीकार गर्नु भयो र त्यो ब्यानर नै हटाउनु प¥यो, २००४ सालमा । तर २००५ सालमा सुवर्ण शमशेरजीको प्रजातान्त्रिक कांग्रेससँग एकता गर्दा सुवर्णजीको पार्टीको प्रजातान्त्रिक कांग्रेसको प्रजातान्त्रिक हट्यो, वीपी कोइरालाजीले नेतृत्व गरेको पार्टीको राष्ट्रिय भन्ने शब्द हट्यो र नेपाली कांग्रेस भन्ने मात्रै रह्यो । वीपी कोइरालाले नेतृत्व गरेको पार्टीको (राष्ट्रिय हटाएर) नेपाली कांग्रेस दुईवटा मात्रै शब्द राखियो र नेपाली कांग्रेस बन्यो । नेपाली कांग्रेसको त्यस एकताबाट स्पस्ट भयो दृष्टिकोण कि परिवर्तनशील शक्तिहरु, परिवर्तनकारी शक्तिहरुले त्यसलाई मान्न सकिने अवस्था रहेनछ भन्ने स्पष्ट भयो । त्यसपछि वर्ग दृष्टिकोण, वर्ग चरित्र, वर्ग विचार, गन्तव्य, उद्देश्य फरक प¥यो । त्यसकारण पार्टी अलग गर्न पर्ने भयो । गणेशमानजी कांग्रेस हुनुहुन्थ्यो, त्यस्तो कांग्रेस होइन तर उहाँलाई वीपी कोइरालाको विशेष प्रभाव परेको देखिन्छ । त्यसकारण उहाँ ५० वर्ष कांग्रेस रहनु भयो । पहिले पनि कांग्रेस हुनुहुन्थ्यो, पछि पनि अन्तिममा कांग्रेस छोडेर अलग भएर बस्नु भयो । गणेशमानजी सधै कांग्रेसको कमजोर आत्मसमर्पणवादी चरित्र र भन्ने एकथोक गर्ने अर्को थोक । त्यो खालको देखेर उहाँ सधैं त्यहाँभित्र संघर्षशील रहनु भयो ।

राजासँग वीपीको गर्दन जोडिएको त्यो मेलमिलाप
नेपाली कांग्रेसका नेताहरु असाध्यै चतुर हुने गर्छन् । संघर्ष गर्न नसकिने भयो, टिक्न नसकिने भयो, भारतमा अडिन नसकिने भयो सबैतिर अप्ठ्यारो भएपछि अब आत्मसमर्पण गरेर भए पनि नेपाल जानु प¥यो भने । तर, त्यसलाई के भन्नु भयो भन्दा एकदिन बिहान उठ्दा सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ । त्यसकारण म अब जनताको प्रतिनिधि जनशक्ति, राजा राजाशक्ति दुईवटा मिलेर जानु पर्छ । त्यसकारण अब राजा र मेरो गर्धन जोडिने भयो भन्ने व्याख्या गरेर वीपी कोइरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो ।

कसका विरुद्धमा भने बामपन्थी, परिवर्तनकारी, देशभक्त शक्तिहरुका विरुद्धमा । उहाँका त्यस बेलाका वक्तव्य हेरे हुन्छ, बोल्न नसक्नु बेग्लै कुरा हो । बोल्न आँट गर्न सक्दैन भने बेग्लै कुरा हो तर नीति त्यही हो, वक्तव्यले त्यही कुरा भन्छ । त्यसपछि दुईवटा धार छुट्टिंदै आयो । दुईवटा कसरी छुट्टिंदै आयो भने पश्चिमतिर केआइसिंह लगायतका, भीमदत्त पन्त लगायतका अनेक साथीहरुले पश्चिमतिरको राष्ट्रिय ढंगले कोहीबाट निर्देशित, गाइडेड आन्दोलन होइन । आफ्नै ढंगले आन्दोलन अगाडि बढाउँछ। पूर्वतिर रामप्रसाद राईहरुले भोजपुर, खोटाङ, ओखलढुंगा जस्ता ठाउँहरु कब्जै गर्नुभयो भरुवा बन्दुक, गाउँका आफ्नै बन्दुकले। आफ्नै हतियार आफैंले संकलित गरेर उठाउनु भयो । आफ्नै लडाकु दस्ता बनाउनु भयो र २००७ सालको आन्दोलन सफल भयो भनेपछि ती विद्रोहीहरुलाई जो राष्ट्रिय धारका विद्रोहीहरु थिए, तिनीहरु माथि कोही सैद्धान्तिक विद्रोही, कोही व्यवहारिक विद्रोही थिए ।

अनि पुष्पलालले कम्युनिष्ट पार्टी बनाउनु भयो
सैद्धान्तिक विद्रोही पुष्पलाल, मनमोहन आदि गरिएका तुल्सीलाल अमात्य त्यस बेलाको कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा आइपुग्नु भएको थियो । उहाँले पनि त्यसैगरी कांग्रेस पार्टी अब वर्गीय हिसाबले, वर्गीय विचारको हिसाबले, व्यवहारको हिसाबले, आन्दोलनको हिसाबले, उद्देश्य गन्तव्यका हिसाबले कांग्रेस ठीक बाटोमा छैन भन्ने भएपछि पुष्पलालले अर्को पार्टी खोल्ने निर्णय गर्नुभयो । किनभने उहाँले आफैंले १९९८ सालमा धेरै कलिलो उमेरमा बनाएको पार्टी हो । गंगालाल मारिएपछि एउटा आन्दोलन ध्वस्त भयो । अब प्रजापरिषद् मै हुँ भन्दा पनि भएन। त्यो भएपछि उहाँले नेपाल प्रजातान्त्रिक संघ भन्ने १९९८ सालमा स्थापना गर्नु भयो । तर, त्यो चलाउने अवस्थामा पनि थिएन, उहाँको उमेर पनि पुगिसेकेको थिएन र उहाँको नेतृत्व गर्न सक्ने अवस्था पनि बनिसकेको थिएन । पछि २००६ सालमा नेतृत्व गर्न सक्ने अवस्था अलिक बन्यो । अनुभवहरु भए भन्ने ठानेर उहाँले फेरि वर्गीय दृष्टिकोण, विचार र उद्देश्यहरुसहित कम्युनिष्ट पार्टीको स्थापना गर्नु भयो । २००७ सालको आन्दोलन एउटा नेपाली कांग्रेसलाई अगाडि सारिएर गरिएको आन्दोलन, अर्को परिवर्तनकारी नेपाली जनताको स्वतस्पूmर्तः एउटा विद्रोहको रुपमा आएको रामप्रसाद राईहरुको, केआइसिंहको र केआइसिंहलाई पश्चिमबाट भारतीय सेनाले गिरफ्तार ग¥यो । केआइ सिंहलाई गिरफ्तार गरेर थुनेपछि पूर्वबाट रामप्रसाद राईहरु आन्दोलनकारी ढंगले आएर केआइ सिंहहरुलाई जेल फोडेर छुटाएर केन्द्रीय जेलबाट निकालेर गए र केआइ सिंहहरु सुरक्षाका साथ सुरक्षित बाटोबाट जान पाउनु भयो चाइना तर रामप्रसाद राईहरु बीचमा हिँउमा अलपत्र पर्नु भयो अथवा के भयो, हिँउ पहिरोमा पर्नु भयो कि लेक लागेर बित्नु भयो कि के भयो अथवा अहिलेसम्म कसैलाई थाहा भएन । सेनाले बीचमा फेला पारेर मा¥यो कसैलाई थाहा छैन । तर, आन्तरिक सेनाले होस् कि बाह्य सेनाले होस् । त्यस आन्दोलनमा अपूर्णता भयो भनेर कम्युनिष्ट पार्टीले भन्यो ।

दिल्ली सम्झौता थाहा नपाएको काँग्रेस
यो दिल्ली सम्झौता भनिएको, त्रिपक्षीय भनेको कांग्रेसलाई पनि सुनाइदिएको हो, यो विचरा कांग्रेसलाई पनि थाहा छैन । त्रिभुवनलाई दरवारको गेटमा बोलाएर भारतीय गाडी आएर गाडीमा चढाएर दूतावास लगिएको हो । सानो गौचरनमा भारतीय प्लेन आएर दूतावासबाट भारतीय गाडीले त्रिभुवनलाई ल्याएर प्लेन चढाएर दिल्ली लगेको हो । दिल्लीमा मोहन शमशेर र त्रिभुवनलाई राखेर भारतले मध्यस्तता गरेर सहमती गराएको हो । कांग्र्रेसका वीपी कोइरालालाई गृह मन्त्री बनाइदिने भयो, मोहन शमशेर प्रधानमन्त्री हुन्छन्, श्री ३ खुस्कियो, राणा शासन रहने, जहानीया राणा शासनको परम्परा सिद्धियो र राजा संवैधानिक रुपमा रहन्छन् । त्यति बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भारतमा भर्खर संविधानसभा बनेको, संविधानसभा चालु रहेको स्थिति थियो । त्यसकारण संविधान कसरी बनाउने भन्दा उनीहरुको मोडालिटी नै संविधानसभाको थियो । त्यसकारण संविधानसभा भन्ने त्यस वक्तव्यमा लेखियो । भारतमा मूलतः गणतन्त्रात्मक प्रणाली थियो । त्यसकारण गणतन्त्रात्मक संविधानद्वारा शासन चलाउंछु कसले भन्छ भन्दा राजाले भन्छ । गणतन्त्रात्मक संविधानबाट शासन चलाइने छ । साचो वक्तव्यभन्दा पनि त्यति बेलाको हडबडीको ड्राफ्ट जस्तो भएको थियो । राजाको वक्तव्यमा संविधानसभाद्वारा निर्मित गणतन्त्रात्मक संविधानबाट मुलुकको शासन सञ्चालन गरिने छ संवैधानिक राजतन्त्र अन्तर्गत । संवैधानिक राजतन्त्र अन्तर्गत गणतन्त्रात्मक संविधानद्वारा शासन सञ्चालन गरिने छ भन्ने उता जुन चलिराखेको थियो, त्यसको कपी यहाँ थियो । यो कुरासँग जो असहमत भए, तराईमा हुकलाल महत्तो, सिताराम राउत, कुददिप महत्तो लगायतका मान्छेहरुलाई हात खुट्टा बाँधेर माथि झुण्डाएर तलबाट आगो सेकाएर यातना दिएका थिए । केआइ सिंहले ज्यान बचाउन भाग्नु परेको थियो जेलबाट । कतिपय मान्छे त्यही प्रशंग चल्दै गएर भीमदत्त पन्त २०१० साल साउन १७ गते हत्या गरिएका थिए ।

आजको जुन राजनीतिको दुईवटा धु्रव छ । एउटा राष्ट्रिय राजनीतिको धु्रव, अर्को त्यस विपरीतको धु्रव । यो आजको होइन, पुरानो खुलस्त प्रकट रुपमा २००३ सालबाट सुरु भएको हो । त्यसैकारण राणा शासन हट्यो । २००७ साल फागुन ७ गते प्रजातन्त्र घोषणा, भागेका राजा फर्किएर आएर घोषणा गरे । प्रजातन्त्र हामीले तिमीहरुलाई दियौं, बक्सियौं भनेर । तर, त्यो प्रजातन्त्रमा मोहन शमशेर प्रधानमन्त्री हुन्जेल मात्रै कम्युनिष्ट पार्टीले गतिविधि गर्न पायो ।

प्रधानमन्त्रीबाट मोहन शम्शेर हटेपछिको तमासा….
मोहन शमशेरले म प्रधानमन्त्री हुँदा चुनाव गरायौं भने चुनाव हुन्छ, नत्रभने चुनाव हुँदैन है भनेका थिए । त्यो कुरा ठीकै थियो । मोहन शमशेर छउन्जेल हटेको पीडा भए पनि मोहन शमशेरले यस माथि प्रतिबन्ध र उसमाथि प्रतिबन्ध लगाउन मानेनन् । त्यसकारण मोहन शमशेरलाई २००८ साल कात्तिक २५ गते पुग्दा अपदस्त गरियो । लोकतन्त्र आयो म दमनकारी भएर किन चल्ने भनेर उनी दमनकारी भएर चल्न उनी तयार भएनन् । अर्को कुरा कांग्रेस सत्ता उन्मादमा थियो, सत्तामा जान हतारोमा थियो र मोहन शमशेरलाई हटाएर कतिबेला प्रधानमन्त्री बन्ने भन्ने होडबाजी पनि छँदै थियो । मोहन शमशेर हटेपछि झन तमासा भयो । अब २००३ सालबाट सुरु भएको स्वतन्त्र आन्दोलन, राष्ट्रिय आन्दोलन विपरीतको धार स्वाट्ै हावी भयो । त्यो हावी भएर कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगायो । कम्युनिष्ट पार्टीले काम गर्न नसक्ने खालको परिस्थितिमा किसानलाई संगठित गरेर आन्दोलनलाई जीवित राख्ने प्रशंगमा पार्टीको निर्णय अन्तर्गत नै तुल्सीलालले त्यो गर्नु भएको थियो । अरु संगठनहरु बनेका थिए । अखिल नेपाल महिला संघ, त्यसै गरेर युवाहरुको संगठन बनेको थियो । २००८ साल मंसीर २० गते साना तप्का थियो । त्यस बेला कति विद्यालय थिए र कति विद्यार्थी थिए र ! सानो विद्यार्थीहरुको संख्या पिपलबोट छेउमा न्युरोडमा । शान्तिपूर्ण ढंगले विरोध गर्दै केही आफ्ना मागहरु लिएर उत्रिएका थिए । सरकारले विद्यार्थीहरु माथि गोली चलायो । यति असहिष्णुत थियो कि गोली चलाएर चिनियाकाजी २० वर्षको एउटा विद्यार्थी त्यही ढल्नु भयो । त्यसको केही समयपछि माघ ४ गते प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको भारत भ्रमण भयो र नेपालको उत्तरी सीमानामा दक्षिणको छिमेकीको फौज लगेर १७ वटा चेकपोष्ट उत्तरी सीमानामा राख्ने सम्झौता गरेर माघ ११ गते फर्किए । त्यसपछि नेपालको स्थिति सहिसक्नु भएन । कम्युनिष्ट पार्टी माथि पूर्णरुपमा प्रतिबन्ध लाग्यो । धन्न कांग्रेसको सरकार ढल्यो । टंकप्रसाद आचार्य प्रधानमन्त्री हुनुभयो । कम्युनिष्ट माथि प्रतिबन्ध फुकुवा भयो । मातृकाप्रसाद कोइराला गए । कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध गयो । किनभने प्रधानमन्त्रीमा टंकप्रसाद आचार्य आए । टंकप्रसाद आचार्यजीले लोकतान्त्रिक मोर्चा गठन गर्नु भएको थियो लेफ्टहरुसँग मिलेर । त्यो लोकतान्त्रिक मोर्चा र जनसंगठनसमेतको परिचालन खासगरी त्यति बेलाको सन्दर्भमा भन्ने हो भने जिउँदा शहीद टंकप्रसाद आचार्यको आड भरोसमा त्यो सम्भव भयो । चिलले आफ्ना चल्लालाई पखेटाले छेक्छ नि, टंकप्रसाद आचार्यको पखेटाले चिलले छोपेको जस्तै अरुलाई छोप्यो । किनभने यो सबै आन्दोलनको जरो टंकप्रसाद आचार्यको छ । त्यसकारण टंकप्रसाद आचार्य एक्लै एउटा संस्थाको रुपमा हुनुहुन्थ्यो । त्यसैकारण उहाँलाई रथारोहण गरिएको थियो । यो बामपन्थी शक्तिहरुले गरेका थिए, देशभक्ति शक्तिहरुले गरेका थिए, परिवर्तनकारी शक्तिहरुले गरेका थिए टंकप्रसाद आचार्यको रथारोहण काठमाडौं शहरमा । त्यो यत्तिकै थिएन ।
आज पनि हामी त्यही अवस्थामा छौं । एउटा राष्ट्रिय स्वतन्त्र आन्दोलनको धार, नेपाली जनताको अवस्थामा, परिस्थितिमा परिवर्तन ल्याउने धार, राष्ट्रिय हितको रक्षा, सम्वद्र्धन गर्ने धार, आपूm सार्वभौम राष्ट्रको हैसियतले, स्वतन्त्र राष्ट्रको हैसियतले स्वतन्त्र ढंगले हामीले आफ्ना निर्णय गर्छौं, आफ्ना ढंगले चल्छौं । हामी आफ्ना राष्ट्रिय हितहरुको रक्षा र सम्वद्र्धन गर्दै राष्ट्रिय स्वाभिमानलाई कायम राखेर अगाडि बढ्छौं । यो राष्ट्रिय स्वाभिमानसहितको राष्ट्रिय आन्दोलनको धार एउटा । अर्को अहिलेको गठबन्धनको धार । २००३ सालमा छुट्टिएको धार अहिले को कहाँ पुग्यो, को कता पुग्यो, त्यो आफ्नो ठाउँमा छ तर यो धारहरु कायम छ ।

यस अवसरमा म साथीहरुलाई के ढुक्क हुन आग्रह गर्न चाहन्छु भने– राणा शासनपछि कम्युनिष्ट आन्दोलन त सिध्याइयो, राणा सिध्याइयो भने अरिंगाल खायौं, वच्छिऔं खायौं यिनीहरु के हुन् र भनेर कांग्रेस आएको थियो । चार वर्ष हामी माथि दमन भयो । तर हामी त्यो दमनमा सिद्धिएनौं, उठेर आयौं । सत्ता लागेर हामीलाई खुट्टा टेक्न दिइएन । एकजना टंकप्रसाद आचार्यको नेतृत्वको सरकार बाहेक अघिपछि विभिन्न शक्तिहरु त्यसमा हावी थिए । टंकप्रसाद आचार्य प्रधानमन्त्री भएका बेला लेफ्ट मुभमेन्टले राहत महशुस गरेको हो । त्यसै बेला हामीले आन्दोलन अरु चर्काउन पायौं । संविधान सभाको मागका आधार हामीले त्यसै बेला फेरि तयार ग¥यौं । २०१४ सालको आन्दोलन फरक थियो । हामीले भन्दा खेरी २००७ सालको आन्दोलनभन्दा अगाडिका आन्दोलनहरु चाहे विद्यार्थी आन्दोलन होस्, जयतु संस्कृतम् लेफ्टहरुद्वारा निर्देशित थियो । कमलराज रेग्मी लगायतका साथीहरु, साहना प्रधानजीहरु त्यही आन्दोलनको क्रममा उहाँहरु त्यसमा पर्नु भएको थियो । साहना प्रधान, साधना प्रधान उहाँहरु गिरप्mतार पर्नु भएको थियो २००४ सालको विद्यार्थी आन्दोलनमा । त्यो भनेको जयतु संस्कृतमबाट सुरु भएको हो । पछि पनि हामी माथिको दमन निरन्तर रह्यो । अघि सीपीजीले ठीकै कुरा राख्नु भयो । चार सिट जित्ने कुरामा पनि तुल्सीलाल अमात्य र उहाँ मात्रै पनि होइन, अरु त्यस्तै नेताहरु हुनुहुन्थ्यो । त्यो चार सिट जित्ने कुरामा तुल्सीलाल अमात्यजीको ठूलो भूमिका छ । उहाँ एकदमै लोकप्रिय नेता हुनुहुन्थ्यो । कमलराज रेग्मी असाध्यै लोकप्रिय नेता हुनुहुन्थ्यो । तर, उहाँहरुले असाधारण दमन बेहोर्नु परेको थियो र त्यो दमनसँग जुध्दै अगाडि बढ्नु परेको थियो । आज पनि आन्दोलनको धार, ००३ सालबाट पृथक भएको त्यो धार, ००७ सालको आन्दोलनमा पृथक भएको त्यो धार अहिले पनि म भन्न चाहन्छु, ००७ सालको आन्दोलन जनताको आकंक्षा थियो । तर, त्यसलाई अर्कैतिर मोडियो, अधुरोमै टुंग्याइयो । त्यसलाई गलत ढंगका सम्झौताबाट दक्षिणपन्थी शक्ति र स्वार्थहरुलाई तिनको हितलाई सुरक्षित गरेर टुंग्याइयो । बेठीक ढंगले टुंग्याइयो । हामीले धेरै बेहोर्नु प¥यो । त्यही कुरा पछि पनि हामीले झेल्यौं ।

२०४६ सालको आन्दोलनमा काँग्रेस होइन सडकमा हामी थियौं
२०१७ सालदेखि २०४६ सालसम्मको ३० वर्षको अवधि कांग्रेस आफ्नो स्वर्ण युग आयो भनेर सबै सोचेर हाम्रा विरुद्धको दमनमा उत्रिएको थियो, परिवर्तनकारी शक्ति विरोधी, देशभक्ति शक्ति विरोधीको रुपमा उत्रिएको थियो । उसले पनि फेरि तिरिमिरी हुने, नयाँ ढंगले नयाँ अनुभव बेहोर्नु पर्ने अवस्था कांग्रेसलाई पनि आयो । तर, २०४६ सालको संयुक्त आन्दोलन हाम्रो अगुवाइमा, हाम्रो पहलमा ग¥यौं । हामीले हाम्रो शक्तिमा ग¥यौं । यद्यपी गणेशमानजीको सहमति र गणेशमानजीले नेपाली कांग्रेसलाई पनि सहमत गराउनु भयो । त्यसको ठूलो र बहुतै ऐतिहासिक महत्व छ । तर सडकमा कांग्रेस होइन, हामी थियौं । २७ गतेपछिको सडकमा कांग्रेस थियो । चैत २६ गतेसम्मको आन्दोलनमा सडकमा हामी थियौं । मैले त्यसबेला लुम्बिनी हेर्ने गर्थें । वक्तव्यमा सही गर्न गोरखपुर जानु पर्दथ्यो । वक्तव्य ड्राफ्ट गरेर कांग्रेस खोज्न गोरखपुर जानु पर्दथ्यो । गोरखपुर गएर कांग्रेसलाई सही गराएर अनि पर्चा छापेर ल्याएर अनि वितरण गरिन्छन् । त्यो स्थिति थियो । आन्दोलन विशेषका कुराहरुमा अहिले नजाऔं । तर, २०४८ मा सरकार बनेपछि नेकपा एमालेमाथि यति ठूलो दमन भयो ।

२०४८ को चुनावमा सिपी मैनालीलाई झापामा काँग्रेसले बन्चरो हान्यो
२०४८ को चुनावमा सीपी मैनालीजी भाग्यमानी । बञ्चरोले हान्दा तर्किन सक्नु भयो, बाँच्नु भयो । प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले बञ्चरोले हानेको मान्छेलाई । उहाँ यहीँ हुनुहुन्छ । झापाको तोपगाछीमा । बञ्चरोका धारले नेपाली कांग्रेसले टाउकोमा हान्न खोजेको थियो सीपी मैनालीलाई । साथीहरुले बञ्चरो समाएर छेक्दा उहाँ बच्नु भयो । नत्रभने टाउको के हुन्थ्यो ! चुनावमा हामीले त्योदेखि लिएर अनेक भोगेका छौं । एउटा दृष्टान्त मैले यहाँ भनेँ । उहाँ मेरै छेउमा हुनुहुन्छ । ३० हजार एमालेका कार्यकर्ता माथि निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्था ढालियो आन्दोलन गरेर, जेलनेल खटेर ढालियो । अस्ति मलाई एकजना साथीले भने ५० पटक जति गिरफ्तार भइयो होला २०४८ देखि २०५१ का बीचमा भनेर । ५० पटक त भएन होला भनेर मैले भने । त्योभन्दा बढी भयो होला । बाटोमा देख्नै हुँदैन्थ्यो, झ्याप्पै समात्ने । चार जनाको जुलुस देख्नै नहुने, झ्याप्पै समातिहाल्ने । महेन्द्र पुलिस क्लब त हाम्रो त हाजिर बुझाउन जाने ठाउँ जस्तो भएको थियो । तालिम केन्द्र हामी निर्वाचित सांसदहरुको च्यापच्याप कठालो समातेर लाठी हान्थ्यो । बामदेव गौतमजीलाई भृकुटी मण्डपको ठाडो बाटो टुँडिखेलमा जुलुस तितरवितर गरेर भागेपछि टियर ग्यास हानिराखेको थियो, बामदेव गौतमजी त्यहाँबाट दक्षिणतिर भद्रकालीतिर जाँदै गर्दा यस्तो निर्मम ढंगले चुट्यो, चिनेको स्थापित नेता, सांसद त्यस्तो मान्छेलाई ड्याङका ड्याङ लाठी । किनभने शान्तिपूर्ण ढंगले जुलुस गरेको । एउटा होचो भएर पनि फाइदा हुँदो रहेछ । माथि माथि लाठी चार्ज, तलतल युवराज (युवराज ज्ञवाली) । ३० हजार कार्यकर्ता । एमालेले के गरेको थियो ? कावासोतीमा आउँदै गर्दा महाकाली नदीको अवस्थाका बारेमा र त्यहाँका जनताले महाकाली के हो, कस्तो हो र त्यहाँ के गर्नु पर्छ भनेर ज्ञापन पत्र सरकारलाई बुझाउन, प्रधानमन्त्रीलाई बुझाउन काठमाडौं आउँदै थिए । बाटोमा साइकल यात्री माथि ती कुनै ट्यांकमा चढेर आइराखेका थिएनन् । काठमाडौं हान्न आएका थिएनन् । फाइटर ल्याएर आएका थिएनन् । कुनै मेसिनगन लिएर आएका थिएनन् । कागज बोकेर आएका थिए, आफ्नो देशको सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर आफ्ना भावना, आफ्ना मर्म निवेदन गर्न भनेर महाकालीदेखि साइकल चढेर आएका थिए । बीच बाटोमा कावासोतीमा गोली हानेर मा¥यो । मैले के मात्रै भन्न खोजेको हो भने यो अहिलेको मात्रै होइन । अहिले त्यसै गर्न सम्भव छैन । अहिले चरित्र हत्या गर्ने, बदनाम गर्ने, जनताबाट विस्थापन कसरी गर्न सकिन्छ ? के गरेर गर्न सकिन्छ, घिन लाग्दा प्रचार गरेर जनताबाट विस्थापित गर्न खोज्ने यसखालका प्रयास फेरि पनि भएका छन् ।

यो राष्ट्रिय आन्दोलन कतैबाट निर्देशित होइन । कसैको पालित र पोषित होइन । यो कसैको टाट्नामा छानिछानि मुन्टा घाँस खाएर टाट्नामा हुर्किएको होइन । यो आन्दोलन संघर्षका मैदानमा आँधी, बेहेरी, हुरी, बतास, झरी, खडेरी सबै बेहोरेर आएको आन्दोलन हो । यो राष्ट्रिय आन्दोलन हो, यो स्वतन्त्र आन्दोलन हो । यो प्रगतिवादी आन्दोलन हो । यो जनवादी आन्दोलन हो । जसलाई समाप्त पार्न कसैले पनि सक्दैन जेसुकै गरे पनि । अब त्यसमा लापरवाही ढंगले नेपालीमा एउटा भनाइ छ–भाग्यमा छ भनेर डोकामा दूध दुहुन खोज्यो भने अडिंदैन । डोकामा दूध दोएर अडिंदैन । हामी बाहेक अरुले अबको देश चलाउनै सकेन÷सक्दैन । यिनीहरुले १० टाउके भएर चलाउँदा पनि सकेनन् नि । १० टाउके के हुन्छ, तपाईंहरुलाई थाहा नै छ । १० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन् । त्यत्रो कोभिड हुँदा पनि हामीले देशलाई तहसनहस हुन दिएका थिएनौं । हामी हुँदा तीन चार लाख मान्छे रजिष्टर ढंगले वैदेशिक रोजगारीमा गएका थिए । अहिले रजिष्टर ढंगले ११ लाखभन्दा बढी मान्छे गएका छन् । हामी हुँदा त्यति बेला १० खर्व भन्दा बढी रेमिट्यान्स आएको थियो । अहिले तीन गुणा बढी मान्छे जाँदा त्यति पनि आउँदैन । अहिले १० खर्व पनि आउँदैन । कहाँ गयो ? त्यो पैसा कहाँ जान्छ ? सुन कहाँबाट आउँछ ?

एकजना गृह मन्त्री मात्रै बोल्ने रे ! यो भन्सार नियन्त्रण गर्न योग्य छैन, जो अनेक प्रकारका लाञ्छित अपमान गरेर अरुतिर संकेत गरेर हिँड्छ उसले भाषण गर्ने अरे !

सरकारका मन्त्रीहरु उल्टै जनतालाई धम्काउँछन्, हामीलाई धम्काउँछन् । आपूm सरकारमा छन् । चेक किन नगरेको, अस्तिदेखि विधिवत जानकारी आएको रहेछ नि । १० दिन अघिदेखि आएको जानकारी थियो । त्यो जानकारी अनुसार किन गिरफ्तार गरिएन ? गिरफ्तार भएन । कुनै सुरत कहीबाट कुरा खुल्यो, खपिनसक्नु, थामिनसक्नु भएपछि गिरफ्तार भयो । दिनको सय किलो सुन, क्विन्टल सुन आउँदो रहेछ । तपाईंहरु जानु भयो भने के हुन्छ ? सियो पनि त्यहाँबाट र्छिदैन । अस्ति एकजना महिला रुँदै हुनुहुन्थ्यो, ९ वर्षपछि आएको आमालाई एउटा सिक्री, बहिनीलाई एउटा सिक्री, बुहारीलाई एउटा सिक्री तीनवटा ल्याएको खोसेर लग्यो एयरपोर्टमा । आमालाई ल्याइदिएको सिक्री खोसेर लान्छ, दिनको क्विन्टल सुन तस्करी गर्छ यो सरकारले । कसले गराउँछ यो ? किन बसेको त्यहाँ ? तनखा खुवाएर त्यहाँ किन मान्छे राखेको ? अनि अहिले छानबिन समिति बनाऔंभन्दा सरकार किन मान्दैन ? हामी छानबिन गर्दैछौं, छानबिन गर्दै हुनुहुन्छ तर के भयो भने उहाँहरु आफँै हुनुहुन्छ । उहाँहरु आफैंँ मुछिनु भएको छ । इलेक्ट्रिक सिगरेटमा ल्याएको साढे ९ किलो सुन जफत गरेर राखिएको थियो । अहिले सुन्छु, त्यो गोदामबाटै हरायो रे ! त्यो चोरी भयो । अलिक वर्ष अगाडि ट्रली बसको कार्यालयबाट १३ टन तामाको तार चोरिएको थियो । कत्रो कोट लगाएको होला, १३ टन तामाको तार कसरी चो¥यो होला ! त्यो सरकार नलागिकन चोरियो होला ? न ट्रक फेला प¥यो, न कसैले कहाँ लग्यो भन्ने थाहा छ, कति बेला आयो, कसले ढोका खोल्यो केही थाहा छैन । यो १३ टन तामाको तार चोरी भएको थियो । ट्रली बस त्यसैगरी सिद्धिएको थियो । त्यहाँ भन्सार किन राखेको के त्यसो भए ? किन भन्सार राखेको ? खाली जनतालाई दुःख दिन राखेको ? त्यसो भएर सुन्दै छु, त्यो साढे ९ किलो सुन चोरी भयो । नक्कली बजारको इलेक्ट्रिक चुरोट ल्याएर त्यसको ठाउँमा राखिएको छ । त्यहाँ केही पनि भेटिँदैन । किनभने नक्कली त्यहाँ ल्याएर राखियो, सक्कली चोरी भयो । अब प्रधानमन्त्रीजी भन्नु हुन्छ, म छानबिन गरिराखेको छु, गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने भन्नु हुन्छ ? गर्नुस् न तपाईंहरु छानबिन । तर, तपाईंहरुको छानबिन, तपाईंहरुको सरकार सञ्चालन भरपर्दो भएन । तपाईंहरुले भन्सारमा रोक्न पनि सक्नु भएन, छेक्न पनि सक्नु भएन । त्यहाँ त्यत्रो चोरी पैठारी हुँदा तपाईंहरुले देख्नु भएन । अनि तपाईंहरुबाट के छानबिन हुन्छ ? तपाईंहरुलाई छानबिन गर्न रोकेको होइन, छानबिन गर्नुस् तर अर्को निष्पक्ष छानबिन आयोग बनाऔं, जसले छानबिन गरोस् । उहाँहरु संसदमा आवाज उठ्छ भनेर संसद अस्ति चल्न दिनुभएन । किनभने सांसद बोल्छन् भनेर । हामीले संसद चलाऔं भनेका छौं । सांसदहरु बोल्नु हुन्छ, आवाज उठाउनु हुन्छ, जनताको भनाइ भन्नु हुन्छ । सांसदले बोल्न पाउनु प¥यो । सरकार सांसदलाई बोल्न दिंदैन । सभामुखलाई दवाब दिन्छ कि सूचना टाँसेर सदन रोक्नुस् भनेर । हिजो हामीले बोल्न दिनुपर्छ भन्यौं । उहाँहरु बोल्न दिन तयार हुनुभएन । एकजना गृह मन्त्री मात्रै बोल्ने रे ! यो भन्सार नियन्त्रण गर्न योग्य छैन, जो अनेक प्रकारका लाञ्छित अपमान गरेर अरुतिर संकेत गरेर हिँड्छ उसले भाषण गर्ने अरे ! अनि सांसदहरुले बोल्न नपाउने अरे ! सांसदले प्रश्न गर्न पाउनु परेन ? सांसदले बोल्न पाउनु परेन ? सांसद बोल्छ भनेर संसद चल्न दिंदैन । अनि बालुवाटारमा भएको सहमति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउँदा केपी ओलीले छोड्दियो भन्ने हल्ला चलाउँछन् । गृह मन्त्रीले भाषण गरेपछि चलाउन दिन्छु भनेको थियो भनेर । गृह मन्त्रीको पवित्र भाषण, उनको एकपटक सुन्न पाउन, त्यति भएपछि सुन जेसुकै होस्, सदन चलाउनुस् भनेर म आएको थिएँ ? यस्ता कुरा गर्ने ? गृह मन्त्रीलाई भाषण गराइदिनुस्, त्यति भएपछि चित्त बुझाउँछौं, सदन चलाउँछौं भनेर केपी ओलीले भनेको थियो भन्छन् । अचम्म लाग्छ । हिजो त सभामुखले रोक्दिनु भयो । सभामुखलाई बाध्य पारेर किन रोक्छ सरकारले ? सारेको पनि आजलाई सार्नु पर्छ नि, २२ गतेलाई । केन्द्रीय कमिटीको बैठक छ, एकहप्ता भ्याइँदैन । सरकार चलाउने पार्टीले केन्द्रीय कमिटीको बैठक एकहप्ता चलाउने, एकहप्ता सदन नचल्ने यस्तो अवस्थामा क्विन्टलका क्विन्टल सुन तस्करी भएको छ । त्यसको छानबिनको माग गर्न नपाइने । तस्करहरुलाई लुकाउने, तस्करका भरिया २० हजार दिएर कसले त्यो संस्था खोल्यो । थाहा नपाउने एक जना भुजेल थरका कोही मान्छे, त्यस्तालाई समातेर के हुन्छ ? जसलाई २० हजार पाएको थाहा छ, अरु केही पनि थाहा छैन । साढे ९ किलो सुन कहाँ गयो । सरकार किन भन्दैन ? अर्को स्वतन्त्र छानबिन समिति बनाउदा के बिग्रिन्छ सरकारको ?

अर्को यहाँहरुलाई भनौं, यो सन् २००० सेप्टेम्बर ११ को घटना हो अमेरिकाको न्युयोर्कमा । त्यो भएपछि एफबीआइ भन्छ । त्यसले एउटा छानबिन ग¥यो । त्यस बाहेक अर्को उच्चस्तरीय छानबिन समिति अर्को बन्यो । बन्दो रहेछ त । नियमित संस्था एफबीआइले छानबिन ग¥यो । सँगसँगै छुट्टै अर्को समिति बनाएर पनि अनुसन्धान ग¥यो । त्यस्तो हुन्छ नि । खल्तीमा बोकेर लगेको होइन । ढाकरमा कसैले बोकेर ल्याउन सक्दैन । ब्यागमा बोकेर ल्याउन सक्दैन, सुटकेसमा बोकेर ल्याउन सक्दैन । सुनका छुट्टै पोका हालेर ल्याउदा सरकार केही गर्दैन । त्यो लुकाएर पनि ल्याएको छैन, टेलिभिजनमा देख्नु भएको होला नि यत्रायत्रा ठूला सेता कपडाले बाँधेका पोका । त्यत्रो ल्याउँदा सबैले देख्छ, सरकारले देख्दैन । यस्तो सरकार छ ।
अर्को रमाइलो मजाकको, अचम्मको कुरा के हो भने नेपाली कांग्रेसको कोही कोही सांसद व्यक्तिगत तवरमा सहि नसक्नु भएर छातीमा आगो बोलेर कोही कोही व्यक्तिगत तहमा बोलेको होला । कांग्रेस पार्टी चुइक्क…गर्न सक्दैन । कांग्रेस पार्टी बोल्न सक्दैन । म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु, देउवाजी तपाईंले क्विन्टलका क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ? यस्तोमा केही गर्नु पर्छ कि पर्दैन ? उहाँ भन्नु हुनेछ, म प्रचण्डको साथ छोड्दिनँ । म प्रचण्डलाई साथ दिन्छु । उहाँको जवाफ त्यति हुन्छ । यसमा नेपाली कांग्रेस बोल्न सक्दैन । अनि देश बनाउने गफ, पारदर्शीताका गफ, स्वच्छताका गफ किन गर्ने ? देशको अवस्था यस्तो भइसक्यो । यस्तो स्थितिमा आज हामी छौं ।

एमालेको जोड बलियो शक्ति निर्माण
हामी पुष्पलालका, तुल्सीलाल र टंकप्रसाद आचार्यका उत्ताराधिकारीहरु हौं । उहाँहरुले गरेर बाँकी रहेका कामहरु सफतापूर्वक अगाडि बढाउने, सफलताको विन्दुमा पु¥याइ छोड्ने संकल्प लिएर हिडेका छौं । यस कामका लागि बलियो शक्ति निर्माण आजको आवश्यकता हो । नेकपा एमालेले दिएको जोड यसमै छ– बलियो शक्तिको निर्माण । यो कुरा बुझिँदैन भने कसको के लाग्छ त ? बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता छ । साथीहरु व्यक्तिगत इगोका कुरा छोड्दिऔं, राष्ट्रिय शक्ति निर्माण गरौं । बलियो, सुदृढ, व्यापक राष्ट्रिय शक्ति निर्माण गरौं, जसले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरुको रक्षा र सम्वद्र्धन गर्न सक्छ । आफ्नो स्वतन्त्र नीतिका साथ अगाडि बढ्न सक्छ । स्वतन्त्र ढंगले आफ्ना राष्ट्रिय आवश्यकता, प्राथमिकता तोक्न सक्छ, देशको विकास स्वतन्त्र ढंगले गर्न सक्छ । त्यस्तो शक्ति जसले राष्ट्रिय ढुकुटी चलाउँदा राष्ट्रको ढुकुटी खल्तीतिर हाल्दैन, झोलातिर हाल्दैन, पारदर्शी ढंगले, स्वच्छ ढंगले, भ्रष्टाचार नगरी, भ्रष्टाचार नियन्त्रण गरेर देशलाई अगाडि बढाउँछ । योजनाबद्ध विकास निर्माणका कामलाई अगाडि बढाउँछ । सामाजिक न्याय र समानता उपलब्ध गराउँछ र शान्ति सुव्यवस्था देशमा कायम गर्छ। दमनकारी ढंगले, असहिष्णुताको ढंगले होइन, निषेधको राजनीति होइन । लोकतान्त्रिक ढंगले लोकतान्त्रिक राजनीति गर्छ । आपूm अपवित्र हुने वा अयोग्यता देखाउने, अनि विरोधीतिर संकेत गर्ने खालका अपराधिक क्रियाकलाप हो । त्यस्ता क्रियाकलाप नगर्ने खालको, लोकतान्त्रिक आचरण र अभ्यास गर्ने खालको सरकार चाहिन्छ । त्यसैकारण नेकपा एमालेले भनेको मिसन २०८४ । राष्ट्रिय शक्ति निर्माण मिसन २०८४ । राष्ट्रियताको रक्षाका लागि सबै कुराका लागि । एउटा सानो स्वार्थ पूरा गर्नका लागि, एउटा पद र अहोदाका लागि, एउटा अवसरकार लागि काम गर्ने कि राष्ट्रिय हितका लागि काम गर्ने ? प्रश्न यहाँनिर छ।

एकताबद्ध भएर परिवर्तनका लागि अगाडि बढ्नु पर्छ । राष्ट्रिय शक्ति त्यसका लागि निर्माण गर्नु पर्छ । मिसन २०८४ कमसेकम राष्ट्रिय शक्तिको बहुमतको सरकार चाहियो ।

म सबै पार्टीका साथीहरुलाई आग्रह गर्न चाहन्छु, पहिले त कमसेकम देशलाई माया गर्ने शक्तिहरु एक ठाउँमा हुँदा राम्रो हुन्छ । म साथीहरुलाई आह्वान गर्छु, देशलाई माया गर्ने, परिवर्तनकारी शक्तिहरु, हामी साँच्चै परिवर्तनकारी शक्ति हौं भने सानातिना कुरा छोड्नु पर्छ । एकताबद्ध भएर परिवर्तनका लागि अगाडि बढ्नु पर्छ । राष्ट्रिय शक्ति त्यसका लागि निर्माण गर्नु पर्छ । मिसन २०८४ कमसेकम राष्ट्रिय शक्तिको बहुमतको सरकार चाहियो । हामी के भनिराखेका छौं भने नेकपा एमाले त्यो राष्ट्रिय शक्ति, त्यसको प्रतिनिधि शक्ति नेकपा एमाले हो र यसकै अगुवाइमा, यसकै नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण हुनसक्छ । आउनुस् गोलबन्द होऔं म आग्रह गर्न चाहन्छु । विभिन्न पार्टीमा रहेका देशलाई माया गर्ने, लोकतन्त्रलाई माया गर्ने, लोकतन्त्रलाई रुचाउने कार्यकर्ताहरुलाई म आग्रह गर्न चाहन्छु, आउनुस्, सामेल होऔं । म सम्पूर्ण महिला दिदीबहिनीहरुलाई, हाम्रा युवाहरुलाई आग्रह गर्न चाहन्छु, नयाँ पिढीलाई आह्वान गर्न चाहन्छु, आउनुहोस् । यो हाम्रो देश हामीभन्दा अगाडि धेरैले बहुतै कठीन संघर्ष गरेर यहाँसम्म ल्याइपु¥याएको छ । यसलाई अगाडि बढाऔं । सही ढंगले यसको रक्षा गरौं, अगाडि बढौं ।

तुल्सीलालको विशेषता: इमान्दारिता
तुल्सीलाल अमात्यको सबैभन्दा मुख्य विशेषता के हो भने, उहाँ इमानदार हुनुहुन्थ्यो । आपूmलाई कति लिलामीमा राखे राखे, कति लिलामीमा गए, गए । कांग्रेसका गए, कम्युनिष्टका पनि गए, पञ्चायतकालमा पनि गए । अघिपछि पनि गएका छन् लिलामीमा । तुल्सीलाल अमात्यजी आपूmलाई लिलामीमा राख्ने होइन । दुई छाक भातसँग देशको र सन्तानको भविष्य साट्ने मान्छे होइन । उहाँका उत्तराधिकारी हामीहरुले त्यही अनुसार देश बनाउने संकल्प आजको दिनमा गरौं, उहाँबाट सिकौं । भीमदत्त पन्तबाट सिकौं, तुल्सीलाल अमात्यबाट सिकौं । अरु हाम्रा थुप्रै अग्रजहरुबाट सिकौं । यही आग्रह गर्न चाहन्छु । हाम्रा भाइबहिनीहरुले अनेक प्रतिकूलताहरुमा उत्कृष्टता विभिन्न ढंगले हासिल गर्नु भएको छ । दोस्रो, तेस्रो, चौथो सबै उत्कृष्ट हो । प्रतिस्पर्धा राम्रो छ । म उहाँहरुलाई बधाई भन्न चाहन्छु र उहाँहरुको सुखद् भविष्यको धेरै शुभकामना भन्न चाहन्छु । यस्तो प्रतियोगिताको आयोजनाका लागि आयोजकहरुलाई धन्यवाद भन्न चाहन्छु र मेहनत गरेर सफलता हासिल गर्ने भाइबहिनीहरुलाई धेरैधेरै बधाई र शुभकामना भन्न चाहन्छु । यस कार्यक्रमको आयोजनाका लागि हामीहरुलाई यहाँ आमन्त्रण गर्नु भएर केही विचार राख्ने अवसर उपलब्ध गराउनु भएकोमा आयोजक साथीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु।
(तुल्सीलाल अमात्यको २६औं स्मृति दिवसका अवसरमा १७ साउन, २०८० मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गर्नु भएको विचारको सम्पादित )