अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सुवास र संविधान’ कार्यक्रम : कुन प्रदेशमा कुन नेताले दिँदैछन् प्रवचन ? 

‘सुवास र संविधान’ कार्यक्रम : कुन प्रदेशमा कुन नेताले दिँदैछन् प्रवचन ? 


काठमाडौँ–नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्ने भएको छ । एमालेले नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको हो । 

कार्यक्रम केन्द्रीय पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासललगायत सातै प्रदेशमा हुनेछ । 

‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको एमाले  प्रचार विभागले जनाएको छ ।

कार्यक्रम केन्द्रीय पार्टी कार्यालय च्यासलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुनेछ ।

विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, संविधानविद् नीलाम्बर आचार्य सहभागी हुने एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ । 

यस्तै अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू सहभागी हुनुहुनेछ।

पार्टी प्रचार विभागका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कोसीको इलाममा, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहनेछन् ।

नेम्वाङको अघिल्लो सोमबार राति हृदयघातका कारण निधन भएको थियो।