अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ महानगरले आज महिला कर्मचारीलाई बिदा नदिने

काठमाडौँ महानगरले आज महिला कर्मचारीलाई बिदा नदिने


काठमाडौँ–हिन्दु धर्मावलम्बी महिलाहरुले आज ऋषि पञ्चमी पर्व मनाउँदै छन् ।

विगतका वर्षमा सरकारले ऋषि पञ्चमी पर्वमा  बिदा दिने गरेपनि यो वर्ष भने बिदा कटौती गरेको छ। 

यस्तै काठमाडौँ महानगरपालिकाले महिला कर्मचारीलाई ऋषि पञ्चमी पर्वको बिदा नरहेको प्रष्ट पारेको छ ।  

महानगरले आफ्नो भित्ते पात्रोमा ऋषि पञ्चमीमा महिला कर्मचारीहरूलाई बिदा दिने उल्लेख गरेको थियो । तर, महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना जारी गर्दै आज महिला कर्मचारीलाई बिदा नरहेको जानकारी गराउनुभएको छ ।