अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेखर समूहको बैठक बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

शेखर समूहको बैठक बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो


काठमाडौँ–नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दैछ । बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको हो ।

यस्तै कोइराला समूहले बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलो पटक बोलाइएको हो ।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।