काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भई १ लाख १३ हजार रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया