अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुवास नेम्वाङले दुईटै संविधानसभाको इज्जत जोगाइदिनुभयो : निलाम्बर आचार्य

सुवास नेम्वाङले दुईटै संविधानसभाको इज्जत जोगाइदिनुभयो : निलाम्बर आचार्य


काठमाडौं -संविधानविद्ध निलाम्बर आचार्यले संविधासनभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुईवटैं संविधानसभाको इज्जत राखिदिएको बताउनुभएको छ ।
नेकपा एमालेले आज काठमाडौंमा आयोजना गरेको संविधान र सुवास नामको बिचार गोष्ठीमा बोल्दै आचार्यले सो कुरा बताउनुभएको हो ।
उहाँले अघिल्लो संविधानसभाले गरेका कतिपय कानुनहरु पछिल्लो संविधानसभालाई स्वामित्व ग्रहण गराएर सुवास नेम्वाङले अघिल्लो संविधानसभामा भएको लगानी खेर जानबाट रोकेको आचार्यले बताउनुभयो ।

नेकपा एमालेले आज विभिन्न दलका नेताहरुको सहभागितामा संविधान र सुवास कार्यक्रम पार्टी कार्यालयमा सञ्चालन गरिरहेको छ ।