अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सबैलाई मिलाउन सक्ने नेम्वाङको खुबीका कारण नै संविधान जारी गर्न सम्भव भयो: अष्टलक्ष्मी शाक्य

सबैलाई मिलाउन सक्ने नेम्वाङको खुबीका कारण नै संविधान जारी गर्न सम्भव भयो: अष्टलक्ष्मी शाक्य


पोखरा-नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सबैलाई मिलाउन सक्ने सुबास नेम्वाङको खुबीका कारण नै संविधान जारी गर्न संभव भएको बताउनु भएको।

एमाले गण्डकी प्रदेश कमिटीले आज आयोजना गरेको ‘नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ’ विषयक विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष शाक्यले सो कुरा बताउनु भएको हो।

उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘सुबास नेम्वाङसँग सबैलाई मिलाउन सक्ने खुबी थियो, उहाँको त्यही खुबीका कारण नै तत्कालिन अjस्थामा संविधान जारी हुन सकेको हो । उहाँको प्रभावशाली र शालिन शैली सबैका लागि अनुकरणीय छ।’