अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा अवसर पाउनु पर्छ भन्ने त ठान्दिन तर बुबाको सपना पुरा गर्न चाँही लागि रहन्छु : सुहाङ नेम्वाङ

राजनीतिमा अवसर पाउनु पर्छ भन्ने त ठान्दिन तर बुबाको सपना पुरा गर्न चाँही लागि रहन्छु : सुहाङ नेम्वाङ


इलाम- नेकपा एमालेका दिंवगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले आफू राजनीतिमा नभए पनि बुबाका अधुरा सपना पुरा गर्न लागि पर्ने बताउनुभएको छ ।
नेकपा एमाले इलामले आज आयोजना गरेको श्रद्धान्जलीसभामा बोल्दै नेम्वाङले बुबा सधैं लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धाका हिमायती भएको बताउनुभएको छ । आफू राजनीतिक परिवारमा जन्मे हुर्केकै कारणले राजनीतिमा अवसर पाउनु पर्ने नठान्ने तर बुबाको सपना पुरा गर्न सामाजिक तथा कानुनी क्षेत्रबाट अघि बढीरहने प्रतिवद्धता जनाउनुभयो ।
नेम्वाङले दैव छन् कि छैनन् आफूलाई थाहा नभएको तर यदी दैवको अस्तित्व रहेको भए उनले आफ्ना बुबालाई अन्याय गरेको बताउनुभयो । नेम्वाङले आफ्ना बुबा सधैं लोकतन्त्र बलियोहास,संविधान र कानुनको राज होस भनेर दौडधुप गर्ने नेता भएको स्मरण गर्नुभएको छ ।
बुबाको मृत्यूपछि अस्पताल देखि आर्यघाटसम्म नेकपा एमालेले गरेको व्यवस्थापनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ । यसैगरी राजकीय सम्मान दिएकोमा सरकारलाई पनि उहाँले धन्यवाद दिनुभएको छ ।
एमालेले आज सातै प्रदेशमा संविधान र सुवास भन्ने कार्यक्रम आयोजना गरेर श्रद्धान्जली सभा गरिरहेको छ । कोशी प्रदेशको श्रद्धान्जलीसभा इलाममा आयोजना गरिएको हो ।