पोखरा-नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ। यही असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऐतिहासिक अधिवेशनको लोगो आज मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
लोगो सार्वजिन गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिनुभयो ।

अधिवेशनलाई सभ्य र भव्यरूपले सम्पन्न गर्न विभिन्न उपसमितिमार्फत सशक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उपसमिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।
अधिवेशनमा करीब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो। एमाले गण्डकीको प्रथम अधिवेशनमको पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतिक्रिया