अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डले महिन्द्र यादवलाई पत्र पठाएपछि बाबुरामको पार्टीमा खैलाबैला

प्रचण्डले महिन्द्र यादवलाई पत्र पठाएपछि बाबुरामको पार्टीमा खैलाबैला


काठमाडौं‍-नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरु बिजुली चम्किदा तर्सिए झैं झस्किएका छन्।

समाजादी मोर्चा गठन गर्दा पाखा लगाइएका डा. बाबुराम भट्टराईलाई बेवास्ता गर्दै माओवादी केन्द्रले नेपाल समाजवादी मोर्चाका अर्का अध्यक्ष महिन्द्र राय यादवसँग एकता प्रस्ताव राखेको छ।

गत भदौ ३० गतेको मितिमा अध्यक्ष प्रचण्ड र महासचिव गुरुङ पठाएको पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पार्नु भएको छ ।  

आफैंले परिकल्पना गरेको समाजवादी मोर्चाबाट बाहिरै बस्नुपरेपछि प्रचण्डसँग रुष्ट रहेका बाबुराम यतिबेला भारत यात्रामा हुनुहुन्छ। भदौ ३० मा पठाइएको पत्र बाबुराम र छोरी मानुषी भारतमै रहेका बेला नेपालमा सार्वजनिक भएको छ।

समाजवादी मोर्चामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सदस्य रहेपछि बाबुराम पाखा लगाइएका थिए। यस्तो अवस्थामा नेपाल समाजादी पार्टीको संगठन विस्तार अभियानलाई अघि बढाइरहेका बाबुरामलाई फेरि अप्ठ्यारो पार्ने गरी प्रचण्डले अर्का अध्यक्ष यादवलाई सम्बोधन गर्दै एकता प्रस्तावको पत्र पठाएकाे खुलासा भएको हो ।

तत्कालीन अवस्थमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको चरम द्वन्द्वपछि बाहिरिएका बाबुरामले नेपाल समाजवादी स्थापना गर्नु भएको थियाे ।

 डा. भट्टराई देश बाहिर रहेको समयमा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै वरीयता क्रममा दोस्रो नम्बरमा रहेका अध्यक्ष यादवको नाममा पत्राचार गरेपछि नेसपामा तरंग पैदा भएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले हस्ताक्षर गरेको पत्रमा आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी पार्टीको नामबारे निर्णय लिनसक्ने माओवादी निर्णयबारे जानकारी दिइएको छ ।

यादव पक्षका नेताहरु माओवादीको पत्रलाई स्वभाविक मान्छन् । तर डा. भट्टराई पक्षका नेताहरुको भने चर्को असन्तुष्टि छ । नेताहरुका अनुसार प्रचण्ड र डा. बाबुराम भट्टराईबीच निर्वाचन लगतै खटपट सुरु भएको थियो ।