अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षकका जाजय माग सरकारले सम्बोधन गर्नुपर्छ: वर्षमान पुन

शिक्षकका जाजय माग सरकारले सम्बोधन गर्नुपर्छ: वर्षमान पुन


काठमाडौं-नेकपा माओवादी केन्द्रका उपमासचिव वर्षमान पुन ‘अनन्त’ले प्रस्तावित विद्यालय शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनु भएको छ।

आज सामाजिक सञ्जालमार्फत पुनले शिक्षकहरुका असन्तुष्टि र जायज मागलाई सरकार र राजनीतिक दलहरुले सकारात्मक रुपमा लिएर सम्बोधन गर्नुपर्ने बताउनु भएको हो । लोकतन्त्रमा राज्यले सबैको आवाज सुन्नुपर्ने उहाँको भनाइ छ। 

‘हामी उन्नत लोकतान्त्रिक व्यवस्थामा छौँ। लोकतन्त्रमा सबैका आवाजले ठाउँ पाउनुपर्छ’, पुनले भन्नुभएको छ, ‘शिक्षकजस्तो समाजको बौद्धिक जगतले उठाएका मागलाई राज्यले बेवास्ता गर्न मिल्दैन र हुँदैन पनि।’ 

उहाँले  संसद् कानुन बनाउने जिम्मेवारी पाएका जननिर्वाचित प्रतिनिधिहरुको सार्वभौम थलो भएको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि शिक्षासहित कतिपय ऐन बनाइनु अपरिहार्य रहेको बताउनु भयो। 

उपमासचिव पुनले संशोधन प्रस्तावमार्फत शिक्षकहरुले माग सम्बोधन गर्न सकिने विकल्प प्रस्तुत गर्दै भविष्यका कर्णाधार विद्यार्थीहरुको नियमित पठनपाठन नरोक्न पनि शिक्षकहरुलाई आग्रह गर्नु भयो।  

उहाँले पठनपाठन अवरुद्ध नहुने गरी नैतिक दबाबमूलक रचनात्मक आन्दोलनको स्वरुपको खोजी गर्न शिक्षकहरुलाई सुझाव दिनु भयो ।

पुन भन्नुहुन्छ, ‘विधेयकका कतिपय प्रावधाहरु संशोधनको माध्यमबाट परिवर्तन गर्ने ठाउँ छ। त्यसैले शिक्षकहरुले संयमता नगुमाई धैयर्ता गर्नुपर्छ। सरकारका तर्फबाट शिक्षकका जायज माग सम्बोधन गर्न प्रयास गरियोस्।’  

शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधि सबैलाई संयम र धैर्य नगुमाई र विवेक नगुमाउन पुनले अपिल गर्नु भयो।