अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्य कमजोर हुँदा जनताका संवैधानिक अधिकार कुण्ठित: श‌कर पाेखरेल

राज्य कमजोर हुँदा जनताका संवैधानिक अधिकार कुण्ठित: श‌कर पाेखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान दिवस नेपालको राष्ट्रिय दिवस समेत भएको बताउनु भएको छ। 

संविधान दिवसको अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा बुधबार बिहान आयोजित राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रममा भाग लिन पुग्नुभएका महासचिव पोखरेलले नेपालको अन्य राष्ट्रिय दिवस नभएको अवस्थामा सरकारले संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको भए पनि सरकारी स्तरबाट मात्र मनाउने गरिएको संविधान दिवसलाई यस वर्ष जनस्तरबाट मनाइएको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान दिवस मात्र होइन यो राष्ट्रिय दिवस हो ।’

अहिलेको संविधान संघीयता, गणतन्त्र, लोकतन्त्र र जनाधिकार स्थापित गरेको संविधान भएको उहाँले बताउनुभयो । सार्वभौमसत्ता सम्पन्न जनता सफल संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । 

जनतालाई संविधानले सार्वभौमसत्ता सम्पन्न बनाएको भए पनि राज्य कमजोर हुँदा अहिले पनि जनताका अधिकार स्थापित हुन नसकेको पोखरेलले बताउनुभयो । ‘संविधानले जनतालाई जति अधिकार सम्पन्न बनाएको छ, राज्य कमजोर हुँदा जनताले ती अधिकार प्रयोग गर्न पाइरहेका छैनन्’, उहाँले भन्नुभयो ।