अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिने छैनौं: अध्यक्ष ओली

लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिने छैनौं: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताउनु भएकाे छ।

साँझ सात बजे अध्यक्ष ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गर्नुका साथै जंगी निशानको गीत घन्काउनु हुँदै साे कुरा बताउनु भएको हाे।

नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहान वाकाथन गरेकै स्थान नक्साल नारायण चौरमा बुधबार साँझ दिपावली तथा संविधान साँझ आयोजना गरेको छ। ‘रातो र चन्द्र सूर्य’ गीतमा एमाले पंक्तिले संविधान साँझ मनाएका छन्।

सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले संविधानको सफल कार्यन्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्प जनस्तरबाटै गर्नुपरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं, यस बगैंचालाई राष्ट्रिय एकता र उज्याले नेपवालको प्रतिकको रुपमा विकास गर्न चाहान्छौं। अर्को वर्षदेखि यो दिवस अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउनेछौं ।’

सो अवसरमा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष ओलीले संविधान निर्माणको अगुवाई नगरेको भए २०७२ असोज ३ गते संविधान आउने थिएन भन्दै यसको नेतृत्वका लागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई इतिहासले सधैं सम्झिने बताउनुभयो ।