अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल 

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल 


काठमाडौँ-विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् ।  उनीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन्।

नेपाल शिक्षक महासङ्घको अगुवाइमा  भएको आन्दोलनका कारण आज बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

प्रदर्शनमा सहभागी शिक्षकहरुले महासंघले उठाएको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नारबाजी गरेका छन् ।  बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरी र शिक्षकहरुबीच केहीबेर धकेलाधकेल समेत भएको छ। 

महासंघले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने महासंघले जनाएको छ ।। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै देशभरका सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।